12 months ago
March 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सलाई दोस्रो टि२० खेलमा १ सय ९९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन जोड्यो । नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन जोड्दा अन्य ३ ब्याटरले २५ रनको आँकडा पार गरेका थिए ।
ओपनर आसिफ शेख तेस्रो ओभरमा म्याथ्यु फोस्टरको बलमा आउट भए । ९ बलमा १ चौका र १ छक्कासहित ११ रन जोडेका उनी विकेटकिपरको हातबाट समातिए ।
पाँचौ ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि पेभेलियन फर्किए । फोस्टरकै बलिङमा कुशल मिड विकेटमा सहजै क्याच थमाउन पुगे । उनले १६ बलमा २-२ चौका र छक्कासहित २५ रन जोडे ।
सातौं ओभरमा अनिल शाह पनि आउट भए । उनी ११ बलमा १२ रन जोड्दै ठूलो सट खेल्ने धुनमा टप एज लाग्दै विकेटकिपरको हातबाट समातिए ।
चौथो विकेटका लागि कप्तान रोहित पौडेल र गुलशन झाले ७१ रनको साझेदारी गरे । गुलशन १४ औं ओभरमा आउट हुँदा नेपालले १ सय २९ रन जोडेको थियो । ३२ बलमा १ चौका र ४ छक्का प्रहार गरेका उनले सर्ट कभरमा सहजै क्याच दिए ।
कप्तान रोहित पनि १६ औं ओभरमा क्याच आउट नै भए । ग्याभिन होएको बलमा उनी पनि कभर क्षेत्रमा सहज क्याच दिएर पेभेलियन फर्किए । रोहितले २४ बलमा ५ चौकाका साथ ३३ रन बनाए ।
कुशल मल्ल आक्रामक इनिङ खेल्दै १८ औं ओभरमा क्याच आउट भए । उनले १३ बलमा ३४ रन जोड्ने क्रममा १ चौका र ४ छक्का प्रहार गरे ।
विवेक यादवले ८ बलमा विना कुनै बाउन्ड्री नटआउट ७ रन बनाए । सन्दीप जोराले इनिङको अन्तिम बलमा क्याच आउट हुनुअघि २१ रन जोडे । उनले ९ बलमा ४ चौका र १ छक्का जोडे ।
नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा
बेन्च : आकाश चन्द, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, प्रतिश जिसी
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]