11 months ago
March 25, 2024
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल)मा पहिलो जित दर्ता गरेको छ । आरसिबिद्वारा घरेलु मैदानमा भएको खेलमा पञ्जाब किंग्स ६ विकेटले पराजित भएको हो ।
पञ्जाबले पस्किएको १७७ रनको लक्ष्य आरसिबिले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर भेट्टायो । आरसिबिका लागि विराट कोहलीले ४९ बलमा ११ चौका र २ छक्का सहित सर्वाधिक ७७ रन बनाए ।
यस्तै दिनेश कार्तिकले १० बलमा ३ चौका र २ छक्कासहित २८ रनको विष्फोटक अविजित इनिङ खेले । दुई ओभरमा २३ रन चाहिएको अवस्थामा हर्शल पटेलको १९औं ओभरमा कार्तिकले एक चौका र एक छक्का सहित १३ रन निकालेका थिए ।
यस्तै अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा उनले पहिलो बलमा छक्का प्रहार गरे भने अर्को बल वाइड रहन गयो । त्यसपछिको बलमा चौका प्रहार गर्दै उनले आफ्नो टोलीलाई जित दिलाए ।
महिपाल लोम्रोर ८ बलमा १७ रन बनाएर नटआउट रहे । रजत पतिदरले १८ बलमा १८ रन नै बनाउन सके ।
पञ्जाबका लागि कागिसो रबाडा र हरपृत ब्रारले समान २-२ विकेट लिए । यस्तै स्याम करन र हरशल पटेलले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा सर्वाधिक ४५ रन बनाए । यस्तै जितेश शर्माले २७, प्रभसिम्रन सिंहले २५ तथा श्याम करनले २३ रन बनाए । शशाङ्क सिंहले २१ रन जोडे ।
आरसिबिका लागि मोहम्मद सिरज र ग्लेन म्याक्सवेलले समान २-२ विकेट लिए । यस्तै यश दयाल र अलजारी जोसेफले १-१ विकेट लिए ।
आईपिएलमा भोलि हुने खेलमा बेलुका ७:४५ बजे चेन्नाई सुपर्नकिंस र गुजरात टाइटन्स भिड्ने छन् ।
February 13, 2025
एजेन्सी – त्रिकोणात्मक ओडिआई सिरिजमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा शाहीन शाह अफ्रिदी सहित ३ पाकिस्तानी खेलाडीलाई आइसिसीले कारबाही गरेको छ । अफ्रिदी सहित साउद शकील र कामरान गुलामलाई आइसिसीको आचार संहिताको लेभल १ उल्लङ्घन गरेको आरोपमा जरिवाना र डिमेरिट प्वाइन्ट दिइएको छ । अफ्रिदीलाई आचार संहिताको धारा २.१२ को उल्लङ्घन गरेको आरोपमा म्याच फीको २५ प्रतिशत […]
February 13, 2025
एजेन्सी – आगामी महिनाबाट सुरु हुने आइपिएल २०२५ का लागि रजत पाटीदारलाई रोयल च्यालेन्जर्स बेंगलोरको कप्तान नियुक्त गरिएको छ । बिहीबार बेंगलुरुले टिम निर्देशक मो बोबत र मुख्य प्रशिक्षक एन्डी फ्लावरको उपस्थितिमा उक्त घोषणा गरेको हो । पाटीदारले सन् २०२१ देखि बेंगलुरुका लागि ३ सिजन खेलेका छन् । बेंगलुरुका लागि उनले २८ खेलमा १५८.८५ को […]
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]