default_image

11 months ago

March 24, 2024

गुजरातद्वारा मुम्बई पराजित

6751 views

0 Bookmark

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करण अन्तर्गतको आफ्नो पहिलो खेलमा गुजरात टाईटन्स ले मुम्बई इण्डियन्स माथि जित हात पारेको छ । गुजरातले ६ रनको रोमाञ्चक जित दर्ता गरेको हो ।

गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा मुम्बईलाई जितका लागि १९ रनको आवश्यकता रहेको थियो । सो अवस्थामा मुम्बईका कप्तान हार्दिक पन्ड्याले पहिलो दुई बलमा छक्का र चौका प्रहार गरे ।

तर त्यसपछिको लगातार दुई बलमा उमेश यादवले हार्दिक र पियुस चावलालाई आउट गरे । त्यसपछि बाँकी दुई बलमा ९ रन चाहिएकोमा मुम्बईले १-१ रन मात्र जोड्न सक्यो ।

मुम्बईका लागि डेवाल्ड ब्रेभिसले ३८ बलमा सर्वाधिक ४६ रन बनाए । यस्तै ओपनर रोहित शर्माले २९ बलमा ४३ रन प्रहार गरे । तिलक बर्माले २५ तथा नमन धिरले २० रनको योगदान दिए ।

गुजरातका लागि स्पेन्सर जोन्सन, मोहित शर्मा र अजमतुल्लाह ओमारजाईले समान २-२ विकेट लिए । यस्तै साई किशोरले १ विकेट लिए ।

त्यसअघि अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । गुजरातका लागि साई सुदर्शनले ३९ बलमा सर्वाधिक ४५ रन बनाए ।

यस्तै पहिलो पटक कप्तानी गरिरहेका शुभमन गिलले २२ बलमा ३१ रन जोडे । राहुल तेवातियाले २२ तथा रिद्धिमान शाहले १९ रन बनाए । मुम्बईका जस्पृत बुम्राहले ३ विकेट लिए । यस्तै जेराल्ड कोट्जीले २ तथा पियुस चावलाले १ विकेट लिए ।

यसअघि आज भएको पहिलो खेलमा राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्स माथि २० रनको जित निकाल्यो । आईपिएलमा भोलि हुने खेलमा पंजाब किंग र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन् ।

February 20, 2025

गिलको शतकमा भारतको विजयी सुरुवात

एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको‌ हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]

February 20, 2025

च्याम्पियन्स ट्रफी – भारतले टस हार्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेलमा बुधवार भारतले बंगलादेशविरुद्ध टस हारेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा बंगलादेशका कप्तान नजमल हुसेन शान्टोले टस जितेर भारतलाई बलिङको निम्तो दिएका हुन् । दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोलीले च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, […]

February 20, 2025

भारत र बंगलादेश च्याम्पियन्स ट्रफीमा भिड्दै

एजेन्सी – आइसिसी च्याम्यिन्स ट्रफीको दोस्रो खेलमा साविक उप विजेता भारतले बंगलादेशको सामना गर्दै छ । युएईको दुवई क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहीवार दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा गएर खेल्न अस्विकार गरेसँगै हाइब्रिड मोडलमा उसका सबै खेल युएईमा आयोजना हुने भएको हो । भारत पुरुष ओडिआई क्रिकेट विश्व कपको पछिल्लो […]

Success

Thank you for your time.