default_image

11 months ago

March 24, 2024

विनोदको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा

2452 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर विनोद भण्डारीको कप्तानीमा आयरल्यान्ड वल्भ्सको सामना गर्ने नेपाल ‘ए टोली घोषणा भएको छ ।

नेपाल ‘ए’ले आयरल्यान्ड वल्भ्ससँग ३-३ टि२० र एकदिवसीय खेल खेल्नेछ । दुई फर्म्याटका लागि दुई फरक टोली घोषणा गरिएको छ । त्यसअघि नेपालको सिनियर टोलीले वल्भ्ससँग २ टि२० खेल्ने कार्यक्रम छ ।

टि२० टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी, विकास आग्री

एकदिवसीय टोली : विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, साहब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास आग्री, मौसम ढकाल

February 20, 2025

गिलको शतकमा भारतको विजयी सुरुवात

एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको‌ हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]

February 20, 2025

च्याम्पियन्स ट्रफी – भारतले टस हार्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेलमा बुधवार भारतले बंगलादेशविरुद्ध टस हारेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा बंगलादेशका कप्तान नजमल हुसेन शान्टोले टस जितेर भारतलाई बलिङको निम्तो दिएका हुन् । दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोलीले च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, […]

February 20, 2025

भारत र बंगलादेश च्याम्पियन्स ट्रफीमा भिड्दै

एजेन्सी – आइसिसी च्याम्यिन्स ट्रफीको दोस्रो खेलमा साविक उप विजेता भारतले बंगलादेशको सामना गर्दै छ । युएईको दुवई क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहीवार दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा गएर खेल्न अस्विकार गरेसँगै हाइब्रिड मोडलमा उसका सबै खेल युएईमा आयोजना हुने भएको हो । भारत पुरुष ओडिआई क्रिकेट विश्व कपको पछिल्लो […]

Success

Thank you for your time.