11 months ago
March 24, 2024
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदैछ । पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्टसको सामना गर्दा दोस्रो खेलमा मुम्बई इन्डियन्स र गुजरात टाइटन्स खेल्नेछन् ।
शनिबार भएको खेलमा पन्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ४ रनले पराजित गर्यो । त्यसअघि शुक्रबार भएको उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ४ विकेटले हराएको थियो ।
मुम्बई र गुजरात खेल्दा यसपटक नजर हार्दिक पान्ड्यामा हुनेछ । यसै सिजन गुजरात छोडेर मुम्बई फर्केका उनले टोलीको कप्तानी पनि गर्दैछन् । टोलीमा आन्तरिक समस्या रहेको चर्चा भएपनि टोलीमा स्टार खेलाडी छन् । यता गुजरात मोहमद शामी र पान्ड्याको अनुपस्थितिमा शुभमन गीलको कप्तानीमा उत्रनेछ ।
राजस्थान यशस्वी जैसवालको अन्तर्राष्ट्रिय करिअरको उच्च लय आइपिएलमा पनि कायम रहने अपेक्षामा हुनेछ । त्यस्तै केएल राहुलको कप्तानीमा लखनउ शुखद सुरुवात गर्ने सुरमा हुनेछ । वेस्ट इन्डिजका तीव्र गतिका बलर शमार जोसेफमाथि धेरैको नजर हुनेछ ।
February 20, 2025
एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]
February 20, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेलमा बुधवार भारतले बंगलादेशविरुद्ध टस हारेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा बंगलादेशका कप्तान नजमल हुसेन शान्टोले टस जितेर भारतलाई बलिङको निम्तो दिएका हुन् । दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोलीले च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, […]
February 20, 2025
एजेन्सी – आइसिसी च्याम्यिन्स ट्रफीको दोस्रो खेलमा साविक उप विजेता भारतले बंगलादेशको सामना गर्दै छ । युएईको दुवई क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहीवार दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा गएर खेल्न अस्विकार गरेसँगै हाइब्रिड मोडलमा उसका सबै खेल युएईमा आयोजना हुने भएको हो । भारत पुरुष ओडिआई क्रिकेट विश्व कपको पछिल्लो […]