11 months ago
March 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटकै सबैभन्दा ठूलो घरेलु टि-२० फ्रानचाइज लिग इंडियन प्रिमियर लिग (आईपिएल) आजदेखि सुरु हुँदैछ । उद्दघाटन खेलमा बेलुका ८:१५ बजे चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन् ।
पाँच पटकको विजेता चेन्नाईको कप्तानीबाट महेन्द्र सिंह धोनी हट्दै जिम्मेवारी रुतुराज गाइक्वाडलाई दिएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा चेन्नाईले धोनी यसपटक कप्तान नरहने घोषणा गरेको थियो ।
उता बेंगलूरुले भने नयाँ नामका साथमा प्रतियोगिता सुरु गर्नेछ । यसअघि रोयल च्यालेन्जर्स बैंगलोरको नामले चिनिएको यस टोली यसपटक भने रोयल च्यालेन्जर्स बेंगलूरुको नामले खेल्नेछ । टोलीको कप्तानी फ्याफ डु प्लेसिसले नै गर्नेछन् । भर्खरै मात्र महिला टोलीले उपाधि जिते पश्चात पुरुष टोली पनि पहिलो पटक उपाधि जित्ने दाउमा हुनेछ ।
पाँच पटकको अर्को विजेता टोली मुम्बई इण्डियन्स यसपटक पनि उपाधि दावेदार रहनेछ । मुम्बईले समेत कप्तानीमा परिवर्तन गरेको छ । गत संस्करणमा गुजरात टाइटन्सको कप्तानी गरेका हार्दिक पन्ड्या टोलीमा फर्किएसंगै रोहित शर्माबाट टोलीको कप्तानीको जिम्मेवारी लिएका छन् ।
पन्ड्याले गुजरातसँगको यात्रा समाप्त गरेसँगै सो टोलीको कप्तानीमा युवा खेलाडी शुभमन गिल रहनेछन् । गत संस्करणको सर्वाधिक रनकर्ता रहेका गिल माथि यसपटक टोलीको नेतृत्व गर्ने जिम्मेवारी थपिएको छ ।
यस्तै सनराइजर्स हैदराबादको नेतृत्व अष्ट्रेलियालाई विश्वकप जिताएका प्याट कमिन्सले गर्नेछन् । ठूलो मूल्यमा हैदराबाद गएका कमिन्सबाट टोलीले ठूलै अपेक्षा राखेको आँकलन गर्ने सकिन्छ ।
कोलकत्ता नाइट राइडर्सले यसपटक आईपिएल इतिहासकै सबैभन्दा महंगो खेलाडीको रूपमा अष्ट्रेलियाका पेसर मिचेल स्टार्कलाई टोलीमा ल्याएको छ । उनलाई कोलकत्ताले २४.८५ करोड भारतीय रुपैयाँमा भित्र्याएको छ । उनी २०१५ पछि पहिलोपटक आईपिएल खेल्न लागेका हुन् ।
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्त झण्डै डेढ वर्षपछि मैदानमा फर्किने छन् । २०२२ को डिसेम्बरमा ठूलो दुर्घटनामा परेसँगै उनले लामो समय मैदान बाहिर बिताएका थिए । उनको अनुपस्थितिमा डेभिड वार्नरले टोलीको कप्तानी गरेका थिए । तर गत हप्ता उनलाई बिसिसीआईले आईपिएलका लागि फिट घोषित गरेको थियो ।
प्रतिस्पर्धाको दुवै सिजनमा प्लेअफको यात्रा तय गरेको लखनऊ सुपर जाएन्ट्स यसपटक पनि राम्रो यात्रालाई निरन्तरता दिन चाहन्छ । भारतीय ब्याटर केएल राहुलको नेतृत्वमा लखनउले राम्रो टोलीको निर्माण गरेको छ । टोलीमा निकोलस पुरन सहित राजस्थान रोयल्सबाट क्विन्टन डीकक र देवदत्त पडीकल थपिएका छन् ।
शिखर धवन र सञ्जु स्यामसनको कप्तानीमा रहेका पंजाब किंग्स र राजस्थान रोयल्स पनि राम्रो प्रदर्शनको तरखरमा छन् । पहिलो सिजनको विजेता राजस्थानले त्यसपछि एकपटक मात्र फाइनल खेलेको छ । पंजाब भने २०१४ मा उपविजेता हुनुबाहेक कुनै संस्करणमा फाइनल पुग्न सकेको छैन ।
February 13, 2025
एजेन्सी – त्रिकोणात्मक ओडिआई सिरिजमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा शाहीन शाह अफ्रिदी सहित ३ पाकिस्तानी खेलाडीलाई आइसिसीले कारबाही गरेको छ । अफ्रिदी सहित साउद शकील र कामरान गुलामलाई आइसिसीको आचार संहिताको लेभल १ उल्लङ्घन गरेको आरोपमा जरिवाना र डिमेरिट प्वाइन्ट दिइएको छ । अफ्रिदीलाई आचार संहिताको धारा २.१२ को उल्लङ्घन गरेको आरोपमा म्याच फीको २५ प्रतिशत […]
February 13, 2025
एजेन्सी – आगामी महिनाबाट सुरु हुने आइपिएल २०२५ का लागि रजत पाटीदारलाई रोयल च्यालेन्जर्स बेंगलोरको कप्तान नियुक्त गरिएको छ । बिहीबार बेंगलुरुले टिम निर्देशक मो बोबत र मुख्य प्रशिक्षक एन्डी फ्लावरको उपस्थितिमा उक्त घोषणा गरेको हो । पाटीदारले सन् २०२१ देखि बेंगलुरुका लागि ३ सिजन खेलेका छन् । बेंगलुरुका लागि उनले २८ खेलमा १५८.८५ को […]
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]