11 months ago
March 21, 2024
राकेश तिमल्सिना, चितवन
चितवन जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको इण्डो नेपाल कप टि-ट्वान्टी च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीबार भरतपुर मेयर्स ११ ले विजयी भएको छ ।
बागमती प्रदेशविरुद्ध ८ रनको रोमाञ्चक जित निकाल्दै भरतपुरले विजयी सुरुआत गरेको हो । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा १ सय ५३ रनको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ थालेको बागमती निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ४४ रनमा सेमेटियो ।
७ छक्का र ६ चौकासहित ५७ बलमा सर्वाधिक ८८ रन जोडेका ओपनर सुभ कंसकार गौतम केसीको बलमा बोल्ड हुँदै पेभिलियन फर्किए ।
छैटौं विकेटको रुपमा उनी आउट हुँदा टिमको स्कोर १ सय ३१ रन थियो । त्यसपछि दबाबमा परेको बागमतीले लक्ष्य पूरा गर्न सकेन । बागमतीमाथि जित निकाल्नेक्रममा सौगात ढकालले ३, दिपेश श्रेष्ठले २ तथा गौतम केसीले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भरतपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५२ रनको योगफल तयार पार्यो । ७६ रन जोड्दा ६ विकेट गुमाएर दबाबमा परेको भरतपुरका लागि कप्तान दिपेश श्रेष्ठ र गौतम केसीले सातौं विकेटका लागि ६१ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए ।
१५ बल खेल्दै ४ छक्का र १ चौकाको मद्धतमा ३३ रन बनाउदै गौतम रामनरेश गिरीको बलमा बोल्ड भए । २३ बलमा २ छक्का र २ चौका प्रहार गरेका दिपेश सुमन सुनुवारको बलमा बोल्ड भए ।
बलिङमा रामनरेश गिरीले ३, तिलकराज भण्डारीले २ तथा मनोज यादव, अभिषेक कोइराला र सुमन सुनुवारले समान १ विकेट लिए । ३ ओभर बलिङ गर्दै २२ रन खर्चिएर ४ विकेट लिएका सौगात ढकाल खेलको प्लेयर अफ द म्याच बने ।
प्रतियोगितामा शुक्रबार पहिलो खेलमा पिएसआर लखनउ र भरतपुर मेयर्स ११ तथा दोस्रो खेलमा मधेश प्रदेश र सुदुर पश्चिम प्रदेश प्रतिस्पर्धा हुनेछ । राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा भारत २ टिमसहित ६ टिमको सहभागिता रहेको छ । शीर्ष ४ टोली सेमिफाइनल पुग्ने छन् । फाइनल चैत १७ गते हुनेछ ।
त्यसअघि उद्घाटनमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले २०२७ को यु १९ महिला विश्वकप गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालामा खेलाउने योजना अनुरुप महानगरपालिका अघि बढेको बताइन् । उनले संघ, प्रदेश र स्थानीय तह सबैको सहयोगमा रंगशाला निर्माण गर्ने संकल्प आफुहरुले राखेको पनि बताइन् ।
February 22, 2025
एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]
February 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ । १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए […]
February 22, 2025
एजेन्सी – ओपनर बेन डकेटको कीर्तिमानी शतकसँगै च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ । समूह ‘बी’ को जारी खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डबाट ३ सय ५२ रनको विशाल लक्ष्य पाएको हो । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार […]