11 months ago
March 18, 2024
धनगढी (हाम्रो खेलकुद) – कैलाली प्रिमियर लिगमा शुक्लाफाँटा नगरपालिकाले विजयी सुरुवात गरेको छ । जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सोमबार फाप्ला मैदानमा सुरु भएको कैलाली प्रिमियर लिगमा शुक्लाफाँटाले पर्शुराम नगरपालिकालाई ३५ रनले पराजित गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको शुक्लाफाँटाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । टोलीका रोशन साउद र लोकेश जोशीले आक्रामक अर्धशतक बनाएका थिए ।
रोशनले ५४ बलमा १० चौका र १ छक्काको मद्दतले ७७ रनमा नटआउट रहे । लोकेशले ५० बलमा ९ चौकाको मद्दले ६९ रन बनाए । विशाल ऐरले १५ र निराजन गौतमले १६ रन नटआउट जोडे । पर्शुरामका मान साउदले १ विकेट लिए ।
१ सय ८२ रनको लक्ष्य पछ्याएको पर्शुराम १९.५ ओभरमा अलआउट हुँदै १ सय ४६ रन समेटियो । पर्शुरामका लागि मान साउदले ५२ अर्धशतक बनाए । मानले २५ बलमा १ चौका र ५ छक्काको मद्दतले ५२ रन बनाए । अर्जुन बिकले १०, राज बिकले ३० र किरण धामीले २४ रन थपे ।
शुक्लाफाँटाका लागि कैलाश ऐरले ३, भरत चन्द र प्रविन खनालले समान २ तथा सुशिल रावलले १ विकेट लिए । शुक्लाफाँटाका रोशन साउद म्यान अफ दि म्याच चुनिए ।
चैत्र १७ गतेसम्म चल्ने प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिका सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवाले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]
February 22, 2025
एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]
February 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ । १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए […]