12 months ago
March 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का प्रमुख ग्रेग बार्कले अर्को साता नेपाल भ्रमणमा आउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटमा थप अवसरको सिर्जना गर्न र विकासलाई गति दिन बार्कलेको भ्रमण महत्त्वपूर्ण हुने बताएको छ । बार्कले १८ मार्चमा काठमाडौं आएर ४ दिन नेपाल भ्रमण गर्ने तालिका रहेको छ ।
यसक्रममा उनले टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । सँगसँगै प्रधानमन्त्री, अर्थ मन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे छलफल हुनेछ ।
बार्कलेले नेपाल भ्रमणका लागि आफू उत्साहित रहेको बताएका छन् । ‘म नेपालमै आएर यहाँको क्रिकेट विकास हेर्न उत्साहित छु । क्यानले क्रिकेटमा सहभागिता र खेलको चर्चा बढाउन राम्रो भूमिका खेलेको छ । यसको प्रभाव सिनियर पुरुष टोलीले विश्वकप छनोट भएर देखाएको छ” बार्कलेले भने ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले बार्कलेको भ्रमणलाई लिएर उत्साहित रहेको र यसले नेपाली क्रिकेटको भविष्य अझ राम्रो गर्नेमा आशावादी रहेको अभिव्यक्ति दिए ।
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टिमका पुर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफीमा खेलमा सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउँने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय ५० […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]