12 months ago
March 12, 2024
हेटौंडा ( हाम्रो खेलकुद) – पर्साको नेसनल इन्फोटेक कलेजले अन्तरकलेज क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । हेटौंडा जेसीजको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा मंगलबार भएको फाइनलमा हेटौंडा स्कुल अफ म्यानेजेमेन्टलाई ४ विकेटले पराजित गर्दै नेसनल अष्टकुमारी स्मृति टी–२० क्रिकेट प्रतियोगिता च्याम्पियन भएको हो ।
पहिला ब्याटिङ गर्दै म्यानेजमेन्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । म्यानेजमेन्टका लागि युविन बुढाथोकीले ४९ रनको योगदान गरेका थिए ।
जवाफी ब्याटिङ गरेको नेसनलले १९.१ ओभरमा ६ विकेट गुमाएर १ सय २१ रनका साथ लक्ष्य पूरा गरेको थियो । टोलीका लागि मन्थन यादवले सर्वाधिक ४३ रन जोडेका थिए । मन्थन खेलको म्यान अफ दी म्याच समेत घोषित भए ।
प्रतियोगितामा वीरगञ्जका मन्थन यादव सर्वोत्कृष्ट खेलाडी घोषित भए । नारायणी कलेज हेटौंडाका अस्मितकुमार मण्डल उत्कृष्ट बलर र म्यानेजमेन्टका युविन बुढाथोकी उत्कृष्ट ब्याटर घोषित भए ।
उपाधि विजेता नेसनलले ५० हजार र मेनेजमेन्टले २५ हजार रुपैयाँ प्राप्त गरेयो । आयोजक हेटौंडा जेसीजका अध्यक्ष विकेशलाल श्रेष्ठ एवम् हेटौंडा उपमहानगरपालिकाका उपमेय राजेश बानियाँ विजेता, उपविजेता र सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरे ।
प्रतियोगितामा हेटौंडा, चितवन, बारा र पर्साका गरी ६ टोलीको सहभागिता थियो । अर्को वर्ष सहभागी टोली र पुरस्कार राशीमा बृद्धि गर्ने योजना रहेको प्रतियोगिता संयोजक सुमन अर्यालले जानकारी दिए ।
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टिमका पुर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफीमा खेलमा सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउँने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय ५० […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]