9 years ago
September 24, 2015
काठमाडौं, असोज ७
सेन्चुरी बैंकको मुख्य प्रायोजन रहेको दोस्रो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता शनिबार सुरु हुने भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा १० बैंक, ६ कर्पोरेट हाउस तथा १ दुतावास र १ सञ्चारमाध्यमको सहभागिता रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक एसएस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले जानकारी दिए । पाँच दिन सम्म चल्ने प्रतियोगिताका सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ भने हरेक समूहमा ३ टोली रहेका छन् । पहिलो चरणबाट २ टोलीमात्र बाहिरीनेछन् ।
प्रतियोगिताको समूह ‘ए’मा एनआइसि एसिया बैंक, निमबस र युनाइटेड स्पिपिट्स समूह ‘बी’ मा सिभिल बैंक, नेपाल टेलिकम र मोडल ग्लोबल भिसा कन्स्लटेन्सी तथा समूह ‘सी’ मा भारतीय दुतावास, नबिल बैंक र प्रभु बैंक छन् । त्यस्तै सिप्रदी ट्रेडिङ, कुमारी बैंक र गोर्खा ब्रुअरी समूह ‘डी’ मा, आइसिएफसी फाइनान्स, ज्योति विकास बैंक र कान्तिपुर मिडिया ग्रुप समूह ‘इ’ तथा सेन्चुरी बैंक, बैंक अफ काठमाडौं र सानिमा बैंक समूह ‘एफ’ मा छन् ।
राउन्ड रोविन लिगपछि हरेक समूहको विजेता र उपविजेता अन्तिम १६ मा प्रवेश गर्नेछन् । सबै समूहका पुछारका ६ मध्ये उत्कृष्ट ४ टोली प्रिक्वार्टरफाइनलमा प्रवेश पाउनेछन् । प्रतियोगिताको विजेताले ट्रफीसँगै अर्को बर्ष प्रतियोगितामा निशुल्क प्रवेश पाउने एसएसका सिइओ शिवाकोटीले बताए ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 19, 2025
एजेन्सी – पाकिस्तान र युएईमा च्याम्पियन ट्रफी आज सुरु हुँदैछ। पहिलो खेल घरेलु टोली पाकिस्तान र न्युजिल्याण्डबीच हुनेछ । कराँचीस्थित नेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। साविक विजेता पाकिस्तान मोहम्मद रिजवानको कप्तानीमा पहिलो पटक आइसिसीको प्रतियोगिता खेल्दैछ । सन् २०१७ मा इङ्ग्ल्यान्डमा भएको पछिल्लो संस्करणमा भारतलाई १ सय ८० रनले […]
February 18, 2025
एजेन्सी – पाकिस्तानले झन्डै तीन दशक पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को प्रतियोगिता आयोजना गर्दै छ । पाकिस्तानले सन् १९९६ मा ओडिआई विश्व कपपछि पहिलो पटक कुनै आइसिसीको प्रतियोगिता आयोजना गर्न लागेको हो । त्यो हो च्याम्पियन्स ट्रफी । साविक विजेता समेत रहेको पाकिस्तानले बुधवार सुरु हुने च्याम्पियन्स ट्रफीको आयोजना गर्न लागेको हो । केहि खेल […]