8 months ago
March 11, 2024
तिलोत्तमा (हाम्रो खेलकुद) – नवनिर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्दघाटनको अवसरमा आयोजित तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड टी-१० कप टी-१० क्रिकेट प्रतियोगिताकी उपाधि २०१४ विश्वकप लिजेन्ड्सले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै २०१४ टोलीले उपाधि उचालेको हो ।
२०१४ टोलीले दिएको १०२ रनको विशाल लक्ष्य पछ्याएको रेस्ट अफ नेपाल टोली १० ओभरमा ९ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । रेस्ट अफ नेपालका लागि लाक्पा लामा १० बलमा २० रन बनाएर अविजित रहे ।
यस्तै युनिल श्रेष्ठले १२ बलमा १८ रन बनाए । ओपनर सिता राना मगरले १४ बलमा १२ रन जोडिन् । अन्य व्याटर भने चल्न सकेनन् ।
२०१४ टोलीका लागि साम्सन जंग थापाले ४ विकेट लिए भने शक्ति गौचन र बद्री पंगेनीले समान २-२ विकेट लिए । दिपेन लाम्गादेले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको २०१४ विश्वकप लिजेन्ड्सले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १०१ रनको विशाल योगफल खडा गर्यो । २०१४ टोलीका लागि कप्तान पारस खड्काले विष्फोटक इनिङ खेल्दै १२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ३९ रन बनाए । यस्तै ओपनर वीरेन्द्र शाहले १८ बलमा २९ रन बनाए । प्रफुल्ल वैद्यले १३ तथा दिपेन लाम्गादेले ९ रन जोडे ।
रेस्ट अफ नेपालका लागि लाक्पा लामा एक्लैले ४ विकेट लिए । उनले अन्तिम ओभरमा ४ विकेट लिएका थिए । यस्तै राजकुमार प्रधान र दीपेन्द्र चौधरीले समान १-१ विकेट लिए ।
रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने २०१४ टोलीले १९९६ लिजेन्ड्सलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोली सहभागी रहेका थिए ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]