12 months ago
March 11, 2024
तिलोत्तमा (हाम्रो खेलकुद) – रेस्ट अफ नेपालीको टोली फाइनलमा प्रवेश गरेको हो तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड टी-१० कपको फाइनलमा प्रवेश गरेको छ ।
नवनिर्मित एक्स्ट्राटेक ओभल अन्तराष्ट्रिय क्रिकेट रंगशालाको उद्घाटनको अवसरमा जारी प्रतियोगिता अन्तर्गत आज दिनको दोस्रो खेलमा घरेलु टोली रुपन्देही लिजेन्डलाई १६ रनले पराजित गर्दै रेस्ट अफ नेपालले २०१४ विश्वकप लिजेन्ड्स टोली विरुद्ध उपाधि भिडन्त पक्का गरेको हो । २०१४ टोलीले १९९६ लिजेन्ड्स टोलीलाई आजको पहिलो खेलमा हराउँदै फाइनल प्रवेश गरेको थियो ।
रेस्ट अफ नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको रुपन्देहीले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै ७८ रन मात्र जोड्न सक्यो ।
रुपन्देहीका लागि सञ्जय श्रेष्ठले १२ बलमा सर्वाधिक अविजित २० रन बनाए । यस्तै लाल बहादुर अधिकारीले १९ तथा संजीव जोशीले १० रन बनाए । रेस्ट अफ नेपालका राजु बस्न्यात र लाक्पा लामाले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ९४ रन जोड्यो ।रेस्ट अफ नेपालका लागि विकास दालीले १६ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक २१ रन जोडे । यस्तै दीपेन्द्र चौधरीले १५ बलमा १९ रन बनाए । पारस लुनियाले १४ तथा राजु बस्न्यातले १० रन जोडे ।
रुपन्देहीका सुशन मान श्रेष्ठले ३ तथा हरी थापा कृष्ण कुँवर र पुनीत पोख्रेलले समान १-१ विकेट लिए ।
प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोली सहभागी छन् ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]