12 months ago
March 11, 2024
तिलोत्तमा (हाम्रो खेलकुद) – २०१४ विश्वकप लिजेन्ड्स टोली नवनिर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा आज भइरहेको तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप टी–१० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । १९९६ लिजेन्ड्सलाई ५ विकेटले हराउदै २०१४ विश्वकप टोली प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
१९९६ लिजेन्ड्स टोलीले दिएको रनको लक्ष्य २०१४ विश्वकप टोलीले ९.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । २०१४ टोलीका लागि वीरेन्द्र शाहले २३ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ३५ रन बनाए । यस्तै दिपेन लाम्गादेले ८ तथा शक्ति गौचन र शरद भेसवाकरले समान अविजित ६-६ रन बनाए । जितेन्द्र मुखियाले ५ रनको योगदान गरे ।
१९९६ टोलीका लागि वसन्त शाही ठकुरीले ३ तथा किरण रन र लेख बहादुर क्षेत्रीले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको १९९६ टोलीले निर्धारित १० ओभरमा विकेट गुमाएर रन बनायो । १९९६ का लागि ओपनर राजु खड्काले २० बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक २७ रन बनाए । यस्तै मनिष राज पाण्डेले ७ बलमा ११ रन बनाए ।
जगत टमाटाले ९, कप्तान लेख बहादुर क्षेत्रीले ४, सञ्जय गुरुङले ३ तथा पुकार पन्त र वसन्त शाही ठकुरीले समान २-२ रन बनाए । नीर राजोपाध्याय र किरण रानाले १-१ रनको योगदान गरे । मुष्रफ इजहर र पावन अग्रवाल शून्यमा आउट भए ।
२०१४ टोलीका लागि शक्ति गौचन र श्यामसन जंग थापाले समान २-२ विकेट लिए भने बद्री पंगेनी, दिपेन लाम्गादे र ममता थापाले समान १-१ विकेट लिए ।
तिलोत्तमा नगरपालिका–१७ पूर्व दरखसवामा निर्मित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन स्वरुप सोमबार तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप टि–१० प्रतियोगिता आयोजना भइरहेको हो ।
प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोली सहभागी हुने छन् ।
दोस्रो खेलमा रुपन्देही लिजेन्ड्स र रेस्ट अफ नेपाल भिड्ने छन् । सो खेलको विजेताले २०१४ टोली विरुद्ध उपाधिका लागि आज नै खेल्नेछ ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]