default_image

7 months ago

March 10, 2024

नेपाल र हङकङबीचको खेल रद्द

3394 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र हङकङबीच त्रिकोणात्मक सिरिजमा पहिलो खेल वर्षाका कारण रद्द भएको छ ।

आइसीसी टि२० विश्वकपको लागि तयारी स्वरूप नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली हङकङ भ्रमणमा छ।

सिरिजको पहिलो खेलमा नेपाल र हङकङबीच आइतबार तय थियो। शनिबार भएको फ्रेन्डसिप कपमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

मार्च १२ मा पिएनजीले नेपाल र हङकङ दुवैसँग खेल्नेछ । मार्च १३ मा फाइनल हुनेछ । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टि२० खेल खेल्नेछ ।

नेपाली टोली : रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

September 28, 2024

नेपालले पहिले बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले क्यानडाविरुद्ध टस जितेर बलिङ रोजेको छ । क्यानडामा नेपाल, ओमान र घरेलु टोली सहभागी त्रिकोणात्मक टि ट्वान्टी सिरिज सुरु हुँदैछ । क्यानडाको किंग सिटीमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

Success

Thank you for your time.