12 months ago
March 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको लागि तयारीस्वरूप नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको हङकङ भ्रमण अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज पहिलो खेल हुँदैछ ।
सिरिजको पहिलो खेलमा नेपाल र हङकङ खेल्नेछन् । शनिबार भएको फ्रेन्डसिप कपमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । उक्त हारको बदलासहित नेपाल सिरिजमा सुखद सुरुवात गर्ने सोचमा हुनेछ ।
मार्च १२ मा पिएनजीले नेपाल र हङकङ दुवैसँग खेल्नेछ । मार्च १३ मा फाइनल हुनेछ । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टि२० खेल खेल्नेछ ।
नेपाली टोली : रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]