12 months ago
March 9, 2024
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा स्कुल अफ म्यानेजमेन्ट हेटौंडा र नेशनल इन्फोटेक कलेज पर्साले हुप्रचौरमा सुरु भएको टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ।
म्यानेजमेन्टले सिटी कलेज हेटौंडालाई ७ विकेट र इन्फोटेकले सिमरा कलेज वीरगञ्जलाई ३६ रनले पराजित गरेको हो ।
सिटी कलेजले पहिला ब्याटिङ गर्दै २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो । म्यानेजमेन्टले १५ ओभरमा ३ विकेट गुमाएर जित निकालेको थियो। ६२ रन बनाएका म्यानेजमेन्टका युविन बुढाथोकी म्यान अफ दी म्याच घोषित भए ।
हेटौंडा जेसीजको आयोजनामा हेटौंडा–४ मा सुरु प्रतियोगितामा शनिबार दोस्रो खेलमा निर्धारित २० ओभर व्याटिङ गर्दै वीरगञ्जले ९ विकेट गुमाएर कुल १ सय १८ रन बनाएको थियो ।
उकजवाफी व्याटिङ गरेको सिमरा १९ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो । खेलमा वीरगञ्जका मन्थन यादब म्यान अफ दी म्याच घोषित भए ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा मकवानपुरको हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, हेटौंडा सिटी कलेज र नारायणी कलेज, बाराको सिमरा क्याम्पस, पर्साको नेशनल इन्फोटेक र चितवनको एरोभा कलेजले सहभागिता रहेको हेटौंडा जेसीज अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा विजेताले ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार रुपैयाा पुरस्कार प्रदान गरिने उनले बताए ।
कार्यक्रम संयोजक सुमन अर्यालका अनुसार प्रतियोगितामा झन्डै ४ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको छ ।
हेटौंडा जेसीज सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यको आमा अष्टकुमारी शाक्यको स्मृतिमा प्रतियोगिता वर्षेनी प्रतियोगिता हुने गरेको छ ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ मा रहेका दुवै बीचको खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]