default_image

12 months ago

March 7, 2024

इङ्ल्यान्डविरुद्ध भारत बलियो

813 views

0 Bookmark

एजेन्सी – भारतले पाँचौं तथा अन्तिम टेस्टमा इङ्ल्यान्डविरुद्ध मजबुत प्रदर्शन गरेको छ । धर्मशालामा बिहीबार टस जितेर पहिला ब्याटिङ रोजेको इङ्ल्यान्ड २ सय १८ रनमा अल आउट भएको थियो ।

ओपनर ज्याक क्रलीले १ सय ८ बलमा ११ चौका र १ छक्कासहित ७९ रनको इनिङ खेल्दै राम्रो सुरुवात दिलाएका थिए । एक समय इंग्ल्यान्ड ३७.१ ओभरमा १३७–२ को मजबुत अवस्थामा थियो । तर कुलदीप यादव र रविचन्द्रन आश्विनले उत्कृष्ट बलिङ गर्दै भारतलाई खेलमा फर्काएका थिए ।

कुलदीपले ५, रविचन्द्रनले ४ र रविन्द्र जडेजाले १ विकेट लिएका थिए । इङ्ल्यान्डका ओपनर बेन डकेट २७, ओली पोप ११, जो रुट २६, जोनी बेयरस्टो २९ र बेन फोक्स २४ रनमा जोडेका थिए । पहिलो दिन नै ब्याटिङ थालेको भारतले १ विकेटको क्षेतिमा १ सय ३५ रन जोड्दा दिनको खेल सकिएको थियो ।

कप्तान रोहित शर्मा ५२ र शुभमन गिल २६ रनमा नट आउट छन् । अर्का ओपन यशस्वी जैसवाल ५८ बलमा ५ चौका र ३ छक्कासहित ५७ रन बनाउँदै आउट भएका थिए ।

पाँच टेस्ट सिरिजमा भारतले ३–१ ले जितिसकेको छ । पहिलो टेस्टमा २८ रनले पराजित भएको भारतले दोस्रो टेस्ट १ सय ६ रन, तेस्रो टेस्ट ४ सय ३४ रन तथा चौथो टेस्ट ५ विकेटले जितेको थियो ।

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

February 24, 2025

न्युजिल्याण्डले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]

Success

Thank you for your time.