1 year ago
March 7, 2024
एजेन्सी – आइसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजमा लगातार चौथो जित दर्ता गर्दै क्यानडा अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
विहीबार दुबई क्रिकेट रंगशालामा स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै क्यानडा सिरिजको लगातार चौथो जित दर्ता गर्न सफल भयो । सिरिजअघि नेपाल भ्रमणका क्रममा नेपालको सिनियर टोली र नेपाल ‘ए’ सँग मैत्रीपूर्ण सिरिज खेलेर तयारी गरेको क्यानडाले उच्च प्रदर्शन गरेको हो ।
क्यानडाको जितमा हर्ष ठाकरले लगातार दोस्रो शतक प्रहार गर्दै टोलीको चौथो जित पक्का गरे । स्कटल्याण्डले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य क्यानडाले ४६ औं ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
एक समय क्यानडा ३४-४ को स्थितिमा थियो । तर हर्ष र निकोलस किर्तनले १ सय ९ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए । त्यसपछि हर्षले श्रेयस मोभासँग अर्को साझेदारी बुन्दै जित पक्का गरे ।
अघिल्लो खेलमा यूएईविरुद्ध नटआउट १ सय ११ रन जोडेका हर्षले स्कटल्यान्डविरुद्ध नटआउट १ सय ५ रन बनाए । ८ चौका र १ छक्का प्रहार गरेका उनलाई किर्तनले ६४ बलमा ३ चौकासहित ४४ रन बनाएर साथ दिए । त्यसअघि सृमन्त्थ विजयरत्ने (२), आरोन जोन्सन (१५), पर्गत सिंह (८) र नवनित धलिवल (१) ले खराब सुरुवात गरे ।
स्कटल्यान्डले ४७.३ ओभरमा अलआउट हुनुअघि १ सय ९७ रन जोडेको थियो । जर्ज मुन्से ३६, ब्रेन्डन मक्मुलेन ३३ र रिची बेरिंगटनले ३० रन बनाए । हर्षले बलिङतर्फ पनि ३ विकेट लिएका थिए ।
क्यानडाले पहिलो खेलमा यूएईलाई ३ विकेटले पराजित गरेको थियो । त्यसपछि स्कटल्यान्डलाई ७ विकेट र यूएईलाई ८ रनले हराएको थियो ।
क्यानडा ४ खेलमा ८ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको नामिबियाले ६ अंक र तेस्रोको नेदरल्यान्ड्सले ४ अंक जोडेको छ । नेपाल र स्कटल्यान्डको २-२ अंक छ । यूएई अंकविहिन रहँदा ओमान र अमेरिकाले कुनै खेल खेलेका छैनन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]