default_image

12 months ago

March 6, 2024

क्यानको विश्वकप तयारी योजनालाई सरकारद्वारा ५ करोड प्रदान

2776 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले नेपाल क्रिकेट संघ (क्यान) बाट टि२० विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत माग गरेको ५ करोड रुपैयाँ निकासा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्यानले प्रस्तुत गरको योजनाका लागि आवश्यक रकम सरकारबाट पूर्ण रुपमा निकासा भएको जानकारी दिए । ‘विश्वकप छनोटको फाइनलमा सम्माननीय प्रधानमन्त्री ज्यूले हामीलाई के-के आवश्यकता छ भनेर सोध्नुभएको थियो । वहाँले सरकारले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । त्यसै अनुरुप हामीले छनोट भएको दुई सातापछि विस्तृत योजना राखेपमार्फत बुझाएका थियौं,’ खड्काले भने ।

‘आज दिउँसो मलाई राखेपबाट हाम्रो योजना अनुसार नै अर्थ मन्त्रालयबाट ५ करोड निकासा भएको सूचना प्राप्त भयो । यसले हाम्रो टिमको विश्वकप तयारीमा निकै ठूलो सहयोग पुगेको छ । सरकारलाई धन्यवाद दिन चाहन्छौं’,’ उनले थपे ।

सचिव खड्काका अनुसार क्यानले विश्वकपअघि विशेष प्रशिक्षण क्याम्प, सिरिज आयोजनासँगै विशेषज्ञ परामर्शदाताहरु ल्याउने लक्ष्यसहित विस्तृत योजना राखेपमार्फत बुझाएको थियो ।

‘हामीले अमेरिकामा विश्वकप सुरु हुनुभन्दा केही अघि नै त्यहाँ गएर क्याम्प राख्ने योजना बनाएका छौं । अमेरिका र वेस्ट इन्डिज निकै महँगो ठाउँ हुन् । त्यसैले अब यो सहयोगले हामीले २-३ साता अघि नै त्यहाँ पुगेर तयारी गर्न सहयोग पुग्छ । यसबाहेक अहिले भइरहेका सिरिज आयोजना गर्न र परामर्शदाता ल्याउन पनि सहज हुनेछ,’ खड्काले भने ।

नेपालले टि२० विश्वकपको समूह ‘डी’ मा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स सँग खेल्नेछ । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग अमेरिकाको टेक्ससमा र दोस्रो खेल ११ जुनमा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । त्यसपछि बाँकी दुई खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा हुनेछ । दक्षिण अफ्रिकासँग १४ जुन र बंगलादेशसँग १६ जुनमा खेल हुनेछ ।

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

February 24, 2025

न्युजिल्याण्डले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]

Success

Thank you for your time.