12 months ago
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भ्रमण आउन लागेको आयरल्यान्ड वल्भ्सको टोली घोषणा भएको छ । आयरल्यान्डको ए टोलीलाई वल्भ्सको नामले चिनिन्छ ।
क्रिकेट आयरल्यान्डले निल रकको कप्तानीमा ८ खेल खेल्न नेपाल आउने १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा सिनियर टोलीबाट खेलिसकेका ९ खेलाडी समावेश छन् । कप्तान निल रकसँगै ग्यारेथ डेल्नी, जेम्स मक्कोलम, पिटर मुर, रस अडेर, स्टेफन डोहेनी, फिओन ह्यान्ड, म्याथ्यु हम्फ्रिज र बेन व्हाइटले सिनियर टोलीका लागि खेलिसकेका छन् ।
नेपालको सिनियर टोलीसँग २ खेलको टि२० सिरिज खेलेपछि नेपाल ‘ए’ ले ३-३ खेलको टि२० र एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।
आयरल्यान्डको टोली :
निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ, बेन व्हाइट
प्रशिक्षक : रायन इगल्सन
सहायक प्रशिक्षक : पिट जोन्सन, क्रिस ब्राउन
आयरल्यान्ड ‘ए’ को नेपाल भ्रमण (मार्च २४-अप्रिल७)
मार्च २४ – टि२० – नेपाल विरुद्ध आयरल्यान्ड ‘ए’
मार्च २५ – टि२० – नेपाल विरुद्ध आयरल्यान्ड ‘ए’
मार्च २८ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’
मार्च २९ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’
मार्च ३१ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’
अप्रिल ३ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’
अप्रिल ५ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’
अप्रिल ७ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]