default_image

1 year ago

March 3, 2024

आयरल्यान्ड ‘ए’ ले नेपालमा ८ खेल खेल्ने

5854 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टेस्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोलीसँग नेपालको राष्ट्रिय टोली र ए टोलीले ८ खेल खेल्ने भएका छन् ।

मार्च २४ देखि अप्रिल ७ सम्म आयरल्यान्ड टोली नेपाल भ्रमणमा रहनेछ । यसक्रममा टोलीले नेपालको सिनियर टोलीसँग २ टि२० खेल्नेछ । त्यसबाहेक नेपाल ‘ए’ टोलीसँग ३-३ एकदिवसीय र टि२० खेल हुनेछ ।

जुनमा हुने आइसीसी टि२० विश्वकपको तयारीस्वरूप यो सिरिज खेल्न लागिएको हो । यसलगत्तै नेपाली टोलीले ३१ मार्च देखि अप्रिल ७ सम्म भारतको गुजरात र बरोडासँग त्रिकोणात्मक सिरिज खेल्दैछ । उक्त सिरिज लगत्तै नेपाल एसीसी प्रिमियर कप खेल्न ओमान जानेछ ।

यस्तै क्यानले आज मात्र मार्च ९ देखि १३ सम्म हङकङ भ्रमणका लागि पनि टोली घोषणा गरिसकेको छ ।

हङकङ भ्रमण (मार्च ९ देखि १३ सम्म)

फ्रेन्डसिप कप – मार्च ९ – नेपाल विरुद्ध हङकङ

त्रिकोणात्मक सिरिज (मार्च १०-१३)

मार्च १०- नेपाल र हङकङ

मार्च १२ – नेपाल विरुद्ध पिएनजी

फाइनल – मार्च १३

आयरल्यान्ड ‘ए’ को नेपाल भ्रमण (मार्च २४-अप्रिल७)

मार्च २४ – टि२० – नेपाल विरुद्ध आयरल्यान्ड ‘ए’

मार्च २५ – टि२० – नेपाल विरुद्ध आयरल्यान्ड ‘ए’

मार्च २८ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

मार्च २९ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

मार्च ३१ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

अप्रिल ३ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

अप्रिल ५ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

अप्रिल ७ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

भारतको त्रिकोणात्मक सिरिज (मार्च ३१- अप्रिल ७)

३१ मार्च – नेपाल विरुद्ध गुजरात

२ अप्रिल – नेपाल विरुद्ध बरोडा

३ अप्रिल – नपाल विरुद्ध गुजरात

५ अप्रिल – नेपाल विरुद्ध बरोडा

७ अप्रिल – फाइनल

एसीसी मेन्स प्रिमियर कप (अप्रिल १२ देखि २१ सम्म )

१२ अप्रिल – नेपाल विरुद्ध मलेसिया

१३ अप्रिल – नेपाल विरुद्ध कतार

१५ अप्रिल- नेपाल विरुद्ध हङकङ

१७ अप्रिल – नेपाल विरुद्ध साउदी अरब

१९ अप्रिल – सेमिफाइनल

२१ अप्रिल – फाइनल

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.