12 months ago
March 3, 2024
एजेन्सी – अष्ट्रेलियाले २ खेलको टेस्ट सिरिजको पहिलो खेलमा न्युजिल्यान्डलाई पराजित गरेको छ । वेलिंगटनमा सम्पन्न खेलमा अष्ट्रेलिया १ सय ७२ रनले विजयी भएको हो ।
पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले पहिलो इनिङमा क्यामरन ग्रीनको शतकमा ३ सय ८३ रन जोडेको थियो । ग्रीनले नटआउट १ सय ७४ रन बनाएपछि अष्ट्रेलिया ८९-४ को स्थितिबाट सुधार गर्न सफल भएको थियो । उनले २ ७५ बल खेल्दै २३ चौका र ५ छक्का प्रहार गरे । न्युजिल्यान्डका म्याट हेनरीले ५ विकेट लिए ।
स्पिनर नेथन लायनले ४ विकेट लिएपछि न्युजिल्यान्ड दोस्रो इनिङमा १ सय ७९ रनमा समेटियो । अष्ट्रेलियाले त्यसपछि तेस्रो इनिङमा १ सय ६४ रन मात्र जोड्न सक्यो । ग्लेन फिलिप्सले ५ विकेट लिएका थिए ।
जितका लागि ३ सय ६९ रनको लक्ष्य पाएको न्युजिल्यान्ड चौथो इनिङमा मात्र १ सय ९६ रनमा समेटियो । लायनले ६ विकेट लिँदै न्युजिल्यान्डको इनिङ ध्वस्त पारे ।
दोस्रो टेस्ट शुक्रबारदेखि सुरु हुनेछ ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]