1 year ago
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी क्रिकेट क्लबले ह्योल्मो-११ लाई फाइनलमा पराजित गर्दै पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
मुलपानी क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा पाँचपोखरी १३ रनको जित दर्ता गर्दै च्याम्पियन बनेको हो । सार्थक धितालको लगातार दोस्रो अर्धशतकमा पाँचपोखरीले ह्योल्मोसामु १ सय ६५ बलियो लक्ष्य प्रस्तुत गरेको थियो । तर ह्योल्मोले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५१ रन मात्र जोड्न सक्यो ।
पाँचपोखरीका लागि प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी समेत घोषित सार्थक धितालले ५२ बलमा ६ चौका र १ छक्कासहित ५३ रन बनाए । १५ औं ओभरमा आउट भएका उनले यसअघि सेमिफाइनलमा पनि अर्धशतक प्रहार गरेका थिए ।
पाँचपोखरीका लागि विवेक रानामगरले २१ बलमा ३७ रनको योगदान दिए । आर्यन धितालले २४ रन बनाए । ह्योल्मोका लाक्पा शेर्पाले १ विकेट लिँदा ३ खेलाडी रनआउट भएका थिए ।
जवाफमा भुवन खड्काले ३ विकेट लिएर ह्योल्मोलाई लक्ष्यसम्म पुग्न दिएनन् । नाम्गिल शेर्पाले ४४ बलमा ४७ रन जोड्दै इनिङ सम्हालेपनि अन्य ब्याटरले आक्रमण गर्न नसक्दा टोली उपविजेतामा सिमित भयो । विजय धिताल र विवेक रानामगरले २-२ विकेट लिए ।
प्रतियोगितामा पाँचपोखरीका सार्थक धिताल सर्वोत्कृष्ट खेलाडी हुँदा उनका पिता विजय धिताल उत्कृष्ट बलर भए । विजयले उक्त अवार्ड भने फाइनलमा उत्कृष्ट बलिङ गरेका आफ्नै टोलीका बलर भुवन खड्कालाई हस्तान्तरण गरे । ह्योल्मो-११ का विनोद तामाङ उत्कृष्ट ब्याटर बन्दा पाँचपोखरी हिमालयन क्रिकेट क्लबका पासाङ दोर्जे तामाङ उदियमान खेलाडी घोषित भए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]