12 months ago
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडाले आईसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग-२ मा लगातार दोस्रो जित दर्ता गरेको छ । युएईमा जारी त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा क्यानडाले स्कटल्यान्ड माथि ७ विकेटको जित दर्ता गरेको हो ।
२१६ रनको माध्यम लक्ष्य पछ्याएको क्यानाडाले लक्ष्य ४०.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । क्यानडाका लागि पर्गत सिंहले ९९ बल खेल्दै १० चौका र १ छक्का सहित अविजित ८७ रन बनाए ।
यस्तै ओपनर श्रीमन्था विजेयरत्नेले ८७ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेले । अर्का ओपनर एरन जोन्सनले २८ बलमा ४३ रनको आक्रामक इनिङ खेले । नवनीत धलिवलले १२ तथा हर्ष ठाकेर १० रनको अविजित रहे
स्कटल्यान्डका लागि मार्क वाट, स्कट करी र क्रिस ग्रिभ्सले एक एक विकेट लिए ।
त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा २१५ रन मात्र जोड्न सक्यो । स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सीले १०१ बलमा सर्वाधिक ६८ रन बनाए । यस्तै माइकल लिस्कले ४० तथा म्याथिउ क्रसले ३० रन बनाए ।
क्यानाडाका लागि डीलन हेलिगर र निकोलास कीर्तनले दुई-दुई विकेट लिए भने कलिम सना, अम्मर खालिद र साद विन जफरले एक एक विकेट लिए ।
क्यानाडाले पहिलो खेलमा घरेलु टोली युएई माथि ३ विकेटको जित निकालेको थियो । त्रिकोणात्मक शृंखलाको अर्को खेलमा घरेलु टोली युएई र स्कटल्याण्ड आईतवार भिड्ने छन् ।
युएई जानु अघि क्यानाडाले नेपाल विरुद्ध एक दिवसीय श्रृंखला ३-० ले हार बेहरेको थियो भने क्यानडियन टोलीले नेपाल ए विरुद्ध तीन एक दिवसीय खेल खेलेको थियो ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]