12 months ago
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत चौथो खेलमा शुक्रबार नेपाल र नामिबिया भिड्दैछन् । मध्यान्ह ११:३० बजे टियु क्रिकेट मैदानमा हुने खेलमा नेपालले फाइनलको सम्भावना जीवित राख्न जित्नुपर्ने आवश्यकता छ ।
लिग चरणका ३ खेल सकिँदा नेपालले दुवै खेलमा हार बेहोरेको छ । नेदरल्यान्ड्स दुवै खेल जित्दै ४ अंकका साथ शीर्षस्थानमा रहँदा नामिबिया १ जित र १ हारका साथ २ अंक जोडेर दोस्रो स्थानमा छ । आजको खेलमा नामिबियाले जित हासिल गरे नेदरल्यान्ड्ससँग फाइनल खेल्ने पक्का हुनेछ ।
नेपालले आजको खेल जितेमा भने फाइनल पुग्ने सम्भावना जीवित रहनेछ । शनिबार नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । त्यस्तै नामिबिया र नेदरल्यान्ड्सले आइतबार खेल्नेछन् । फाइनल मंगलबार हुनेछ ।
नेपालले आजको खेलमा टोलीमा परिवर्तन गर्ने सम्भावना छ । पछिल्लो खेल खेलेका बायाँ हाते पेस बलर प्रतिश जिसीले आज अनिल शाहलाई स्थान दिन सक्छन् । त्यस्तै नामिबियामा बायाँ हाते ब्याटरको संख्या बढी रहेकाले स्पिनर ललितको स्थान पनि सुरक्षित छैन ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]