default_image

12 months ago

February 29, 2024

नेदरल्यान्ड्सको लगातार दोस्रो जित

1995 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ ।

नामिबियालाई ५९ रनले पराजित गर्दै नेदरल्यान्ड्स अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ । नेदरल्यान्ड्सको ४ अंक, नामिबियाको २ अंक र नेपाल अंकविहिन छ ।

जितको लागि २ सय ४८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा नामिबियाले ७ विकेट गुमाएर १ सय ८८ रन मात्र जोड्न सक्यो । जेन ग्रीन र जान फ्रिलिंकले समान ४२-४२ रन जोडे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन जोडेको थियो । लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १ सय ३५ रन बनाए । त्यस्तै साइब्रान्ड एंगलब्रेक्टले ४० बलमा ७५ रन जोडे ।

टियु क्रिकेट मैदानमा टि२० क्रिकेटमा बनेको यो नै सबैभन्दा ठूलो योगफल हो । यसअघि सन् २०२१ मा नेपालले नै नेदरल्यान्ड्सविरुद्ध २ सय ३८ रन बनाएको थियो ।

यस्तै टि२०आई क्रिकेटमा नेदरल्यान्ड्सले आफ्नो सर्वाधिक स्कोर पनि कायम गर्यो । यसअघि सन् २०२१ मा नेपालविरुद्ध नै २ सय ९ रन बनाएको थियो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार नेपाल र नामिबिया खेल्नेछन् । फाइनल मंगलबार हुनेछ ।

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

February 25, 2025

अस्ट्रेलिया र दक्षिण अफ्रिकाको खेलमा वर्षा वाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]

February 25, 2025

दोस्रो जितका लागि भिड्दै अस्ट्रेलिया र दक्षिण अफ्रिका

एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]

Success

Thank you for your time.