12 months ago
February 28, 2024
चितवन (हाम्रो खेलकुद) – वाल्मीकि शिक्षा सदन र अर्किड स्कुल एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (बुधबार) भएका सेमिफाइनलका खेलहरुमा सहज जित निकाल्दै वाल्मीकि र अर्किड फाइनलमा पुगेका हुन् ।
पहिलो सेमिफाइनलमा वाल्मीकिले सनराइज इङलिस स्कुललाई १८ रनले पराजित ग¥यो । वाल्मीकि १९.५ ओभरमा अलआउट हुँदै १ सय १५ रन बनायो । १ सय १६ रनको विजय लक्ष्य पछ्याएको सनराइज ९७ रनमा अलआउट हुन पुग्यो ।
यस्तै दोस्रो सेमिफाइनलमा अर्किङ स्कुलले नारायणी नमुना माविलाई ७ विकेटले पराजित ग¥यो । नारायणीले दिएको ८६ रनको लक्ष्य अर्किडले अन्तिम ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । अर्किडको जितमा सगुन सापकोटाले नटआउट ३५, विपिन क्षेत्री ९ रन बनाए ।
नारायणीका लागि सञ्जय यादवले ४ ओभरमा एक मेडनसहित १५ रन खर्चिएर २ विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको नारायणी नमुना मावि ८५ रनमा अलआउट भयो । उसका लागि प्रिन्स यादव र आयुष गिरीले समान १६ रन बनाए ।
अर्किडका लागि अमन भण्डारीले ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए भने सगुन सापकोटाले ४ ओभरमा १४ रन खर्चिएर २ विकेट लिए । सगुन खेलको प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ । उपाधि विजेता र उपविजेता टोलीले विभिन्न त्रिकेट सामग्री पुरस्कार पाउने छन् । फागुन ४ गतेबाट सुरु भएको लिग चरणका खेलहरुमा १० वटा टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । सबै टिमले कुल ४ खेल खेलेका थिए । यसअघि २० वटा टिमलाई नकआउट प्रतिस्पर्धा गराइएको थियो ।
नकआउटबाट १० टोली बाहिरिएको थियो भने १० टोली लिगचरणमा प्रवेश गरेका थिए । भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भइरहेको हो ।
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]