default_image

1 year ago

February 28, 2024

नेपाल २ रनले पराजित

4114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङको बाबजुद त्रिकोणात्मक टि२०आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपालमाथि २ रनको रोमान्चक जित दर्ता गरेको छ ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमा सिमित भयो । अन्तिम ३ ओभरमा ४८ रन चाहिएको अवस्थामा १८ औं ओभरमा आर्यन दत्तलाई १८ रन र १९ औं ओभरमा टिम भान डर गुग्टेनलाई १५ रन प्रहार गरेपछि नेपाल खेलमा फर्किएको थियो ।

अन्तिम ओभरमा नेपाललाई जितको लागि १५ रन चाहिएको थियो । दीपेन्द्रले भान डर मर्वको सुरुवाती दुई बललाई कभरको दिशामा चौका र छक्का प्रहार गरे । तेस्रो बलमा दोस्रो रन जोड्दा करण रनआउट भए ।

चौथो बलमा दीपेन्द्र बोल्ड भए । पाँचौ बलमा नयाँ ब्याटर प्रतिश जिसी बिट भए । अन्तिम बलमा ४ रन चाहिएको अवस्थामा लेग बाइमा १ रन जोड्दा नेपाल हार बेहोर्न पुग्यो ।

दीपेन्द्रले ३४ बलमा ६ चौका र ३ छक्कासहित ६३ रन जोडे । करण केसीले ७ बलमा १ छक्कासहित ११ रनको योगदान दिए । यी दुईले सातौं विकेटका लागि ५५ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

ओपनर कुशल भुर्तेल इनिङको तेस्रो बलमा खाता नखोली कट बिहाइन्ड भए । दोस्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ६५ रनको साझेदारी गरे । आसिफ २३ बलमा ४ चौका र १ छक्कासहित ३४ रन जोडेर आउट भए । आठौँ ओभरको पहिलो बलमा भान डर मर्वलाई आक्रमण गर्ने धुनमा उनी स्टम्प आउट भए ।

१२ औं ओभरको दोस्रो बलमा कुशल मल्ल ७ बलमा ११ रन जोड्दै एंगलब्रेक्टको बलमा आउट भए । सोहि ओभरको अन्तिम बलमा रोहित पौडेल पनि पेभेलियन फर्किए । उनले ३६ बलमा ६ चौका र २ छक्कासहित ५० रन बनाए ।

सन्दीप जोरा ८ रन जोड्दै भान डर गुग्टेनको एलबीडब्लु धरापमा परे । सोमपाल पहिलो बलमै क्याचआउट हुँदा नेपाल १२६-६ को स्थितिमा पुग्यो । त्यसपछि करण केसी र दीपेन्द्रसिंह ऐरीले बलियो साझेदारी गरेका थिए ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन जोड्यो । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतक प्रहार गरे ।

लेभिटले आक्रामक सुरुवात गर्दै नेपाललाई दबाबमा राखेका थिए । उनले ३६ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन जोडे । नवौं ओभरमा कुशल मललाई आक्रमण गर्ने प्रयासमा उनी स्टम्पिङ आउट भए ।

त्यसअघि तेस्रो ओभरमा म्याक्स ओ डाउड ४ रन जोड्दै करण केसीको शिकार बने । स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे । उनी रनआउट हुन पुगेका थिए ।

साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे । तेजा निदमनुरुले अन्तिम बलमा रनआउट हुनुअघि ३१ रन जोडे । उनले २४ बलको सामना गर्दै ३ चौका प्रहार गरे ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो । अब तेस्रो खेलमा विहीबार नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् । त्यसपछि समूह चरणमा थप ३ खेल हुनेछन् ।

नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका थिए । टोलीमा आज दुई परिवर्तन भएको छ । विवेक यादव र अभिनाश बोहोराको स्थानमा ललित नारायण राजवंशी र प्रतिश जिसी टोलीमा आएका छन् ।

नेदरल्यान्ड्सले टिम भान डर गुग्टेनलाई सिधै टि२० टोलीमा राखेको छ । उनी ओडीआई टोलीमा थिएनन् ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, प्रतिश जिसी

नेदरल्यान्ड्सको टोली :

म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट, नोआ क्रोस, वेस्ली बरेसी, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.