1 year ago
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर दुर्गेश थापाको नटआउट शतकमा भोटेचौर स्पोर्ट्स क्लबले पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । यस्तै दिनको अर्को खेलमा इन्द्रावती गाउँपालिकाले पनि पहिलो जित दर्ता गर्यो ।
मुलपानी क्रिकेट मैदानमा भोटेचौरले टस जितेर पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ब्याटिङको निम्तो दिएको थियो । हिमालयनले निर्धारित २० ओभर मा ५ विकेट गुमाई १४१ रन बनायो । पासाङ दोर्जे तामाङले ४४ बलमा ५१ रन बनाए भने राजु लामाले नटआउट ३६ बलमा ४४ रन जोडे ।
जवाफी ब्याटिङमा दुर्गेशको नटआउट शतकमा भोटेचौरले ४ विकेट गुमाएर ४ बल बाँकी रहँदै लक्ष्य भेट्टायो । प्लेयर अफ द म्याच दुर्गेशले आफ्नो इनिङमा ६५ बलको सामना गर्दै १५ चौका र २ छक्का प्रहार गरे । कप्तान अरुण चौलागाईले २० रन जोड्दै साथ दिए ।
त्यस्तै दिनको पहिलो खेलमा इद्रावती गाउँपालिकाले प्रतियोगिताको पहिलो जित दर्ता गर्यो । टस जितेर पहिलो ब्याटिङ गरेको साँगाचोकले १५.४ ओभरमा अलआउट हुँदै मात्र ६६ रन बनायो । सागर तिमिल्सेनाले १६ रन जोड्नुबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोर अंक बनाउन सकेन । इन्द्रावतीका प्लेयर अफ द म्याच चन्द्रकान्त पौडेलले ४ ओभरमा १४ रन दिएर ४ विकेट लिए । सुशन चौलागाई, निशान भारती र सुमन चौलागाईले २-२ विकेट बाँडे ।
इद्रावतीले ८.२ ओभरमा आफ्नो २ विकेट गुमाउँदै जित दर्ता गर्यो । उमंग धितालले नटआउट ३७ रनको योगदान दिए भने चन्द्रकान्तले २५ रनमा नटआउट रहे । दुवै विकेट सविन गिरिले लिए ।
प्रतियोगिता पाँचपोखरी थाङ्गपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ र पाँचपोखरी क्रिकेट क्लबको प्राविधिक सहयोगमा फागुन १२ गते देखि आयोजना भइरहेको छ ।
पाँचौ दिन बुधबार बिहान ९ बजे पाँचपोखरी हिमालयन क्रिकेट क्लब र ह्योल्मो एघार तथा दिउँसो १ बजे माइटी साँगाचोक र मेलम्ची नगरपालिकाबीच खेल रहेको छ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]