1 year ago
February 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी टि२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन पाँचपोखरी क्रिकेट क्लब र भोटेचौर स्पोर्ट्स क्लबले जित दर्ता गरेका छन् ।
मुलपानी क्रिकेट रंगशालामा जारी प्रतियोगिता अन्तर्गत दिनको पहिलो खेलमा पाँचपोखरीले माइटी साँगाचोकलाई ५६ रनले पराजित गर्यो । कप्तान सार्थक धितालले टस जितेर ब्याटिङ गर्ने निर्णय लिँदा टोलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रनको विशाल योगफल खडा गर्यो ।
ओपनरद्वय लाक्पा लामा र कप्तान सार्थकले बलियो सुरुवात दिलाएपछि पाँचपोखरी विशाल योगफलतर्फ लम्किएको थियो । पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरेपछि लाक्पा २९ बलमा ३५ रन जोड्दै आउट भए । त्यसको २ ओभरपछि कप्तान सार्थक २८ रन जोड्दै पेभेलियन फर्किए ।
आर्यन धितालले २४ बलमा ३२ रन र प्लेयर अफ द म्याच विवेक रानामगरले १७ बलमा ३० रन जोड्दै बलियो अन्त्य गरेका थिए । माइटी साँगाचोकका बलर सबिन गिरि, निरञ्जन बस्नेत र पेम्बा लामा ले १ -१ विकेट लिए ।
जवाफी ब्याटिङमा ओर्लेको माइटी साँगाचोकले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३३ रनमात्र जोड्यो । ओपनर नमराज थापाले अर्धशतक इनिङ खेलेपनि अन्य ब्याटरबाट राम्रो साथ पाएनन् । उनले ४९ बलमा ५८ रन जोडे । तल्लोक्रममा मिलन थापाले २६ बलमा नट आउट ३३ रन बनाए । पाँचपोखरी क्रिकेट क्लबको तर्फबाट विजय कुमार धिताल २ विकेट, निशान्त धिताल, मनोज खड्का र निरन्जन खतिवडा ले समान १-१ विकेट लिए ।
दोस्रो खेलमा भोटेचौरले चौतारा साँगाचोकगडी नगरपालिकालाई ४१ रनले हरायो । टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको भोटेचौरले २० ओभरमा ८६ रन बनायो । विनोद गौतमले ३ विकेट, सुनिल श्रेष्ठले २ र विजय नापितले २ विकेट लिन सफल भए ।
८६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा चौताराको निरन्जन कुँवरले १० रन बनाउनु भन्दा बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन नसकेपछी नाटकीय हारको सामना गर्नुपर्यो । सरिन कार्कीले ३ ओभरमा १ मेडन सहित ४ रन दिएर ४ विकेट लिँदै प्लेयर अफ द म्याच प्रदर्शन गरे । यो हारसँगै चौतारा प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार विहान ९ बजे पहिलो खेल माइटी साँगाचोक र इन्द्रावती गाउँपालिका तथा दिउँसो १ बजे भोटेचौर स्पोर्ट्स क्लब र हिमालयन क्रिकेट क्लबबीच खेल रहेको छ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]