1 year ago
February 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित कुमार पौडेल सहित केन्द्रिय सम्झौताको ए ग्रेड मा परेका ६ खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने भएको छ ।
क्यानको फाल्गुन १२ र १४ बसेको केन्द्रिय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ए ग्रेडमा पर्ने खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने निर्णय गरेको हो । पुरुषतर्फ बी ग्रेडलाई ७० हजार, सी लाई ५५ हजार, डी लाई ३५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
त्यस्तै महिलातर्फ ए ग्रेडका खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बी ग्रेडलाई ३५ हजार, सी लाई ३० हजार, डी लाई २५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
पुरुषतर्फ ३० खेलाडीले केन्द्रिय सम्झौता प्राप्त गर्दा महिलातर्फ १९ जना ग्रेडीङमा परेका छन् ।
पुरुषतर्फ ग्रेड:
ग्रेड ए – रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल
ग्रेड बी – कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायाण राजवंशी, अभिनाश बोहोरा
ग्रेड सी – विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी
ग्रेड डी – पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ
इमर्जिङ क्याटगोरी – दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती, हेमन्त धामी
महिलातर्फ ग्रेड:
ग्रेड ए – इन्दु वर्मा, रुविना क्षेत्री, सिता रानामगर
ग्रेड बी – कविता कुँवर
ग्रेड सी – पुजा महतो, अश्मिना कर्मचार्य
ग्रेड डी – अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ, विन्दु रावल
इमर्जीङ – सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्स्निका मरासिनी, कन्चन श्रेष्ठ, रुवी पोदार, सृष्टि जैशी, सम्झना खड्का, सना प्रविन
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।