1 year ago
February 24, 2024
हिमाल खरेल, बिर्तामोड
बिर्तामोड नगरपालिकाले प्रथम झापा जिल्ला अन्तरपालिकास्तरीय पुरुष टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबारेमा शनिबार भएको फाइनलमा कचनकवल गाउँपालिकामाथि १ सय १९ रनको सानदार जित निकाल्दै बिर्तामोड च्याम्पियन बनेको हो ।
कचनकवलको फितलो ब्याटिङ र कमजोर बलिङको फाइदा उठाउँदै बिर्तामोड विजेता बनेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको बिर्तामोडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो । बिर्तामोडका लागि दिपु भुजेलले ५४ रन बनाए । कचनकवलका विक्रम माझीले २ विकेट लिएका थिए ।
१ सय ९७ रनको लक्ष्य पछ्याएको कचनकवल १४ ओभरमा ७७ रनमा अलआउट भएको थियो । कचनकवलका अनिल लामिछानेले १६ रन बनाएका थिए । बिर्तामोडका विशाल आचार्य ३ र रोहित राजवंशीले २ विकेट लिएका थिए । ५४ रन बनाएका दिपु भुजेल फाइनल खेलको प्लेयर अफ दि म्याच भएका थिए ।
प्रतियोगितामा कनकाई नगरपालिकाका प्रनिश विमली उत्कृष्ट विकेट किपर, बुद्धशान्ति गाउँपालिकाका रिजन आङदेम्बे उत्कृष्ट फिल्डर, बिर्तामोडका रोहित राजवंशी उत्कष्ट बलर र सोही टोलीका सिवान्स बजगाई उत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए ।
बिर्तामोडका दिपु भुजेल इमर्जिङ प्लेयर तथा कचनकवलका कप्तान अनिल लामिछाने सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । झापा गाउँपालिकाले फेयर प्ले अवार्ड प्राप्त गर्यो । उपाधिसँगै बिर्तामोडले १ लाख र कचनकवलले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा भएको प्रतियोगिताका विधागत खेलाडीले ५ हजार र सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरे । विजेता तथा उपविजेतलाई प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईं, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकाललगायतले पुरस्कार गरे ।
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]