1 year ago
February 24, 2024
एजेन्सी – इङ्ल्यान्डविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा भारत १ सय ३४ रनले पछाडि रहेको छ । दोस्रो दिनको खेल सकिदा भारतले पहिलो इनिङमा ७ विकेटको क्षेतिमा २ सय १९ रन बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो इनिङमा ३ सय ५३ रन बनाएको थियो । ७ विकेटको क्षेतिमा ३ सय २ रनबाट इङ्ल्यान्डले दोस्रो दिनको खेल सुरु गरेको थियो । थप ५१ रन जोड्दा इङ्ल्यान्ड अलआउट भएको थियो ।
जो रुट १ सय २२ रनमा अविजित रहे भने ओली रोविन्सनले ५८ रन बनाएका थिए । भारतका लागि रविन्द्र जडेजाले ४ , आकाश दीपले ३, मोहम्मद सिराजले २ र रविचन्द्रन आश्विन १ विकेट लिएका थिए ।
जवाफमा भारतका लागि ओपनर यशस्वी जैसवालले अर्धशतक बनाए । उनले ७३ रन जोडेका थिए । शुभमन गिलले ३८ रन बनाए भने ध्रुब जुरेल ३० रनमा नकआउट छन् । कप्तान रोहित शर्मा २ रनमा आउट भए । रजत पाटिदरले १७, सरफराज खानले १४, रविन्द्र जडेजाले १२ रन जोडे । कुलदीप यादव १७ रनमा नटआउट छ ।
इङ्ल्यान्डका लागि सोहेब बसिरले ४, टोम हार्टीले २ र जेम्स एन्डरसनले १ विकेट लिएका थिए । ५ टेस्टको श्रृखंलामा घरेलु टोली भारत २–१ ले अगाडि छ ।
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]