1 year ago
February 23, 2024
एजेन्सी – न्यूजिल्याण्डमा जारी अष्ट्रेलिया र घरेलु टोलीको बीचको तीन खेलको टि-२० शृंखला पाहुना टोलीले कब्जा गरेको छ । अष्ट्रेलियाले एक खेलमा बाँकी रहँदै शृंखला २-० ले कब्जा गरेको हो ।
पहिलो खेलमा ६ विकेटको रोमाञ्चक जित निकालेको अष्ट्रेलियाले दोस्रो खेलमा आज ७२ रनको फराकिलो जित दर्ता गर्दै शृंखला जितेको हो ।
१७५ रनको लक्ष्य पछ्याएको घरेलु टोली न्यूजिल्याण्ड १७ ओभरमा १०२ रनमा समेटियो । अष्ट्रेलियाको जितमा स्पिनर एडम जाम्पाले ४ विकेट लिए । यस्तै नेथन एलिसले २ तथा जोश हेजलवुड, प्याट कमिन्स र मिचेल मार्शले समान एक एक विकेट लिए ।
न्यूजिल्याण्डका तीन व्याटरले मात्र दोहोरो अंक छुन सके । ग्लेन फिलिप्सले सर्वाधिक ४२ रन बनाउँदा ट्रेन्ट बोल्टले १६ तथा जोश क्लार्कसनले १० रन पुराए ।
त्यसअघि अकल्याण्डमा टस हारेर व्याटिङको निम्तो पाएको अष्ट्रेलियाले १९.५ ओभरमा अलआउट हुदै १७४ रन जोडेको थियो । अष्ट्रेलियाका लागि ओपनर ट्राभिस हेडले २२ बलमा २ चौका र ५ छक्कासहित ४५ रनको विष्फोटक इनिङ खेलेका थिए । यस्तै प्याट कमिन्सले २८ तथा कप्तान मिचेल मार्शले २६ रन बनाए ।
घरेलु टोलीका लागि लोकी फर्गुसनले ४ विकेट लिँदा एडम मिल्न, बेन सियर्स र मिचेल स्यान्टनरले २-२ विकेट लिए ।
अन्तिम टि-२० खेल आईतबार हुनेछ । यसपछि यी दुई टोलीले दुई टेस्टको शृंखला पनि खेल्नेछन् ।
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]