default_image

7 months ago

February 23, 2024

नामिबियाले नेदरल्यान्ड्सलाई हरायो

2545 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वका लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा मैदान भिजेको कारण ४५ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले जितको लागि २ सय ४ रन पछ्याएपनि लक्ष्य पूरा गर्न सकेन । नेदरल्यान्ड्स ४३.५ ओभरमा १ सय ७९ रनमा अलआउट भएको थियो ।

डच टोलीका लागि नोआ क्रोस ४६ रनमा नटआउट रहेपनि तल्लोक्रममा साथ नपाउँदा जितसम्म पुर्याउन सकेनन् । उनले ५६ बलमा ३ चौका प्रहार गरेका थिए । ओपनर म्याक्स ओ डाउडले ४१ रन जोडेका थिए ।

यस जितसँगै नामिबिया ४ खेलमा ६ अंक जोड्दै लिग-२ को शीर्षस्थानमा उक्लेको छ । नेपाल र नेदरल्यान्ड्सको ३ खेलमा २-२ अंक छ । अब अन्तिम खेलमा आइतबार नेपाल र नेदरल्यान्ड्स खेल्नेछन् ।

ओपनर माइकल लेभिट इनिङको चौथो बलमै रुबेन ट्रम्प्लम्यानको एलबीडब्लु धरापमा परे । छैटौं ओभरमा साइब्रान्ड इंगलब्रेक्ट आउट हुँदा टोलीले ३७ रन जोडिसकेको थियो । उनी १३ बलमा १० रन जोड्दै स्टम्पिङ आउट भए ।

त्यसपछि भने रनको गति सुस्त भयो । २० औं ओभरमा नामिबियाका कप्तान जेरार्ड एरास्मसले बास डे लिडलाई बोल्ड गरे । उनले ४४ बलमा २४ रन बनाए । त्यसको २ ओभरपछि सेट ब्याटर म्याक्स ओ डाउडलाई जान फ्रिलिंकले आफ्नै बलमा क्याच आउट गरे । म्याक्सले ४ चौका र १ छक्कासहित ४१ रन जोडे ।

कप्तान स्कट एडवार्ड्स १४ बलको सामना गर्दै ४ रन जोडेर स्लिपमा क्याच आउट भए । तेजा निदामानुरु २७ बलमा १४ रन जोड्दै पेभेलियन फर्कंदा नेदरल्यान्ड्स ११४-६ को स्थितिमा पुग्यो ।

सातौं विकेटका लागि नोआ क्रोस र शारिज अहमदले ५४ रनको साझेदारी गर्दै खेलमा फर्काए । तर २ ओभरको अन्तरमा शारिज र रोलफ भान डर मर्व आउट हुँदा खेल पुन: रोमान्चक मोडमा पुग्यो । शारिज २९ बलमा १९ रन जोडेर आउट भए । रोलफ ४३ औं ओभरमा मात्र ३ रनको अवस्थामा बोल्ड भए ।

४४ औं ओभरको दोस्रो बलमा आर्यन दत्त ठूलो सट खेल्ने धुनमा क्याच आउट भए ।

नामिबियाका लागि कप्तान एरास्मस र जान फ्रिलिंकले ३-३ विकेट लिँदा बर्नार्ड स्कोल्जले २ विकेट हात पारे । रुबेन ट्रम्प्लम्यान र निकोल लफ्टि इटनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नामिबिया ४१.३ ओभरमा २०३ रनमा समेटिएको थियो । नामिबियाका लागि ज्यान निकोल लोफ़्टि-इटनले सर्वाधिक ४९ रन बनाए । यस्तै डेब्यु गरिरहेका मलान क्रुगरले ३९ रन जोडे ।

नामिबियाको सुरुवात भने राम्रो रहेको थिएन । ओपनर निकोलास दाभिन शुन्यमा पहिलो ओभरमा नै पेभेलियन फर्किएका थिए । उनी भिभियान किङमाको बलमा क्याच आउट भए । तेस्रो नम्बरमा आएका माइकल भ्यान लिङ्गेन पनि १० रन मात्र बनाएर किङमाकै बलमा बलरद्वारा नै क्याच आउट भए ।

कप्तान जेर्हार्ड इरासमस पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी २२ बलमा १२ रन बनाएर रुलफ भ्यान डर मर्वाको बलमा नोआह क्रोएसद्वारा क्याच आउट भए । त्यसपछि आउट हुने आजको खेलमा डेब्यु गरिरहेका ओपनर मलान क्रुगर थिए । उनलाई ४८ बलमा ५ चौकासहित ३९ रनमा आर्यन दत्तले बोल्ड गरेका थिए ।   

७६ रनमा कृगर आउट भएपछि क्रिजमा आएका जेजे स्मिट पनि पहिलो बलमा नै शुन्यमा दत्तको शिकार बने ।  छैठौ विकेटका लागि ज्यान फ्राईलिंक र ज्यान निकोल लोफ़्टि-इटनले मिलेर ७८ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । साझेदारी फ्राईलिंक ५७ बलमा ३४ रन बनाएर शारिज अहमदको बलमा आउट भएसँगै टुटेको थियो ।

सोहि ओभरमा लोफ़्टि-इटन ४९ रनमा रनआउट हुन पुगे । ३० यार्ड सर्कल भित्र नै रहेको बलमा रन लिन जाँदा उनी रन आउट भएका थिए ।  नवौ विकेटका रुपमा बर्नार्ड स्कोल्ज शुन्यमा भ्यान डर मर्वाको बलमा क्याच आउट भए । 

नेदरल्याण्ड्सका लागि भिभियन किङ्गमाले सर्वाधिक ३ विकेट लिए । यस्तै आर्यन दत्त र रुलफ़ भ्यान डर मर्वाले समान २-२ विकेट लिँदा शारिज अहमद र बास डे लिडाले १-१ विकेट लिए ।  

लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आइतबार नेपाल र नेदरल्यान्ड्स खेल्नेछन् । मंगलबारदेखि त्रिकोणात्मक टि२०आई सिरिज सुरु हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.