default_image

1 year ago

February 22, 2024

क्यानडा-११ ले टस जित्यो

1615 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र क्यानडा-११ बीच जारी एकदिवसीय सिरिजको निर्णायक खेलमा क्यानडा-११ ले टस जितेको छ ।

क्यानडा-११ का कप्तान साद बिन जफरले टस जितेर फिल्ड गर्ने निर्णय लिएका छन् । मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ आज पनि सन्दीप जोराकै कप्तानीमा छ । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गर्ने भएका हुन् ।

पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो । दोस्रो खेलमा नेपाल विजयी भएको थियो ।

नेपालले टोलीमा ४ परिवर्तन गरेको छ । मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन् ।

खेलको प्रत्यक्ष प्रसारण क्यानको जिल्ला/प्रदेश फेसबुक पेजबाट गरिएको छ ।

नेपालको प्लेइङ११ : अर्जुन कुमाल, बसीर अहमद, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, सुजन थपलिया, हेमन्त धामी, आशुतोष घिरैया, प्रतिश जिसी

बेन्च : रिजन ढकाल, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, विनोद भण्डारी

क्यानडा-११ : आरोन जोन्सन, नवनित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सृमन्थ विजयरत्ने, निखिल दत्त, अमर खालिद, कलीम साना, दिलप्रित बज्वा

बेन्च: श्रेयस मोभा, पर्गत सिंह, उदय भगवान सिंह, सहिद अहमदजाई,

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.