default_image

1 year ago

February 21, 2024

कचनकवल अन्तरपालिका क्रिकेटको फाइनलमा

390 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

कचनकवल गाउँपालिका प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा बुधबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई ५ विकेटले हराउँदै कचनकवल अन्तिम दुईमा पुगेको हो ।

पहिले ब्याटिङ राजेको मेचीनगर निर्धारित २० ओभरमा १३.२ ओभरमा अलआउट हुँदै ८९ रन बनाएको थियो । ९० रनको लक्ष्य पछ्याएको कचनकवलले १८.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेको थियो ।

४ ओभर बलिङ गर्दै ११ रन दिएर ४ विकेट लिएका कचनकवलका अनिल लामिछाने खेलको प्लेयर अफ दि म्याच घोषित भए र उनले २ हजार रुपैयाँ प्राप्त गरे ।

झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । फाइनलको दिन प्लेयर अफ दि म्याचले ५ हजार र प्लेयर अफ दि सिरिजले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.