default_image

1 year ago

February 21, 2024

एक्सपर्ट भरतपुर मेयर्स कप : नारायणीको लगातार तेस्रो जित

430 views

0 Bookmark

राकेश तिमल्सिना, रामपुर

सनराइज इङलिस स्कुलले एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट लिगको समूह ‘बी’मा पहिलो जित निकालेको छ । समूह ‘ए’ मा नारायणी नमुना माविले लिगमा तेस्रो जित हात पारेको छ ।

सनराइजले इडन गार्डेन इङ्लिस स्कुललाई ९ विकेटले तथा नारायणीले लक्ष्मी मावि जगतपुरलाई ९४ रनले‌ हराएको हो ।

भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बुधबार पहिलो खेलमा ३४ रनको झिनो लक्ष्यसहित जवाफी ब्याटिङ थालेको सनराइजले २.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

सनराइजको जितमा कप्तान चन्दन महतो ११ रनमा नटआउट रहे । ओपनर सुजल पण्डित १० रन जोड्दा सौगात सापकोटाको बलमा विकास सुनारद्वारा समातिए ।

बलिङमा सौगात सापकोटाको नाममा मात्रै १ विकेट रह्यो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको इडन गार्डेन ९.२ ओभरमा ३३ रन बनाउदा अलआउट भयो ।

इडन गार्डेनका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विपिन रानामगरले सर्वाधिक ९ रन बनाए ।

इडन गार्डेनको इनिङ्स ध्वस्त बनाउनेक्रममा उज्ज्वल पटेलले ५, चन्दन महतोले ३ र दिवस लामिछानेले २ विकेट लिए । ४ ओभर बलिङ गर्दै १ मेडनसहित१५ रन खर्चिएर ५ लिएका उज्जवल पटेल खेलको प्लेयर अफ द म्याच बने ।

समुह ‘बी’ मा पहिलो जित निकालेको सनराइज २ खेलबाट २ अंकसहित नेट रनरेटमा सुधार गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै अर्को खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नारायणी नमुनाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनायो । ३८ बलमा १ छक्का र ३ चौकासहित राहुल कुशवाहाले मध्यक्रममा ३० रन बनाए । १७ बल खेलेका ओपनर उमेश महतोले ५ चौका प्रहार गर्दै २५ रन जोडे ।

बलिङमा कुन्दन यादवले ३ तथा सुलभ श्रेष्ठ, बबिन्द्र रोकाया र गुल्सन ठाकुरले समान १ विकेट लिए ।
१ सय ४९ रनको लक्ष्य पछ्याउदै ब्याटिङ थालेको लक्ष्मी १५.५ ओभरमा अलआउट हुँदै ५४ रनमा समेटियो ।
लक्ष्मीका लागि बबिन्द्र रोकायाले सर्वाधिक १४ रन बनाए । समिर गैरेले १२ रन जोडे ।
लक्ष्मीको इनिङ्स ध्वस्त बनाउनेक्रममा उमेश महतोले ५, सन्जय यादवले २ तथा निखिल चापागाई, सन्देश खनाल र चन्दन कुमार यादवले समान १ विकेट लिए ।

अलराउण्ड प्रदर्शन गरेका उमेश महतो खेलको प्लेयर अफ द म्याच भए । जारी लिगमा लगातार तेस्रो जित निकालेको नारायणी नमुना मावि ६ अंक जोड्दै समुह ‘ए’ को शिर्षस्थानमा छ ।

भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह-आयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा बिहीबार पहिलो खेलमा अर्किड इङलिस स्कुल  र प्रभात मावि शुक्रनगर तथा अर्को खेलमा अंकुरम एकेडेमी र मावि गंगानगर प्रतिस्पर्धा गर्नेछ ।

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.