1 year ago
February 21, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – खराब ब्याटिङ प्रदर्शनसँगै नेपालले नामिबियाविरुद्ध आइसीसी क्रिकेट विश्वकप लिग-२ मा लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको नेपाल अफ्रिकी टोली नामिबिया विरुद्ध दोस्रो खेलमा २ विकेटले परास्त भएको हो ।
१६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर जित हार पार्यो । नामिबियाका लागि कप्तान जेरार्ड इरासमसले ५६ बलमा ८ चौका र २ छक्कासहित ५२ रन बनाए । यस्तै माइकल भ्यान लिङ्गेनले ३४ बलमा ४ चौका र २ छक्कासहित ३१ रन बनाए ।
नेपालले नियमित अन्तरालमा विकेट निकालेपनि अन्त्यमा नेपालको योगफल निकै कम साबित हुन पुग्यो । नेपालले नामिबियाका ओपनर द्वय जेपी कोट्जे र निकोलास डेभिनलाई क्रमस ३ र ८ रनमा आउट गरेको थियो । त्यसपछि तीन र चार नम्बरमा ब्याटिङ गर्न आएका भ्यान लिङ्गेन र इरासमसले खेल नेपालको हातबाट केहि टाढा लगेका थिए ।
तर ६९ रनमा कुशल मल्लले भ्यान लिङ्गेनलाई आउट गर्दै नेपालका लागि विकेट निकालेका थिए । ज्यान फ्राईलिंक पनि ४ रन मात्र बनाएर दिपेन्द्र सिंह ऐरिको बलमा आउट भए । ज्यान निकोल लोफ़्टि-इटन र जेन ग्रिन क्रमश: ५ र ६ रन बनाएर कुशल भुर्तेल र ललित राजबंशीको बलमा आउट भए ।
५ रन बाँकी रहँदा नामिबियाको आठौँ विकेट खस्यो । रुबेन ट्रम्पलम्यानलाई कुशल भुर्तेलले १२ बलमा १६ रन बनाएको अवस्थामा लंग-अफमा देव खनालको हातबाट क्याच आउट गराए ।
१४२-७ को अवस्थाबाट नामिबियाले कुनै विकेट गुमाएन । जेजे स्मिट ६६ बलमा १ चौका र २ छक्कासहित ३४ रन बनाउँदै नटआउट रहेर खेललाई नेपालको हातबाट छिने । यस्तै बेर्नार्ड स्कोल्ज ५ बलमा ८ रन बनाएर अविजित रहे ।
नेपालका लागि कुशल भुर्तेलले तीन विकेट लिए भने दिपेन्द्र सिंह ऐरि, रोहित पौडेल, ललित राजबंशी र कुशल मल्लले समान एक-एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ३७.१ ओभरमा १६८ रनमा समेटियो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गर्नुबाहेक अन्य ब्याटरले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । नेपालका तीन ब्याटर कुनै रन नबनाई पेभेलियन फर्किएका थिए ।
राम्रो सुरुवात गर्दै छैठौ ओभरको समाप्तिमा कुनै विकेट नगुमाएको नेपालले आठौ ओभरको समाप्तिमा तीन विकेट गुमाएको थियो । नेपालको पहिलो दुई विकेट सातौ ओभरमा बर्नार्ड स्कोल्जले खसालेका थिए । ओपनिङ ब्याटर कुशल भुर्तेल १८ रन बनाएर पहिलो विकेटको रुपमा पेभेलियन फर्किएका हुन् । उनी सो ओभरको दोस्रो बलमा लेग-बिफोर-विकेट आउट भएका थिए ।
यस्तै सोहि ओभरको चौथो बलमा अनिल शाह शुन्यमा आउट हुन पुगे । अनिल नामिबियाका कप्तान जेरार्ड इरासमसद्वारा क्याच आउट भएका थिए ।
अर्का ब्याटर देव खनाललाई ज्याक ब्रासेलले आउट गरे । आठौ ओभरको अन्तिम बलमा उनी विकेटकिपर जेन ग्रिनद्वारा क्याच आउट भए । त्यसपछि आसिफ र कुशल मल्ल मिलेर चौथो विकेटका लागि ५७ रनको साझेदारी गरे । सो साझेदारी २०औ ओभरमा आसिफको विकेटपछि तोडियो । उनी स्कोल्जकै बलमा लेग-बिफोर-विकेट आउट भएका थिए ।
त्यसलगत्तै ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेल पनि २४औ ओभरमा शुन्यमा ज्यान निकोल लोफ़्टि-इटनको बलमा आउट हुन पुगे । त्यसपछि पेभेलियन फर्किने कुशल मल्ल थिए । उनी २७औ ओभरमा जेरार्ड इरासमसको बलमा ५३ बल खेलेर १ चौका र ३ छक्का ३६ रन बनाएर सर्ट फाइन-लेगमा ब्रासेलद्वारा क्याच आउट भए ।
दिपेन्द्र सिंह ऐरि पनि धेरै समय क्रिजमा रहन सकेनन् । उनी १८ बल ६ रन बनाएर लोफ़्टि-इटनको बलमा ग्रिनद्वारा स्टम्प आउट भए । सोमपाल कामी पनि ४ रन बनाएर लोफ़्टि-इटनकै बलमा पेभेलियनको बाटो लागे ।
अर्को ओभरमा भिम शार्की स्कोल्जको बलमा ३६ बल खेल्दै २६ रन बनाएर बोल्ड आउट भए । अन्तिममा करण केसी १२ रन बनाएर लोफ़्टि-इटनको बलमा लंग-अफमा क्याच आउट भएपछि नेपालको इनिङ समाप्त हुन पुग्यो ।
नामिबियाका लागि लोफ़्टि-इटन र स्कोल्जले समान ४-४ विकेट लिए । स्कोल्जले १० ओभरमा २ मेडन सहित ३१ रन दिएर ४ विकेट लिएका हुन् भने लोफ़्टि-इटनले ६.१ ओभरमा ४ विकेट लिने क्रममा ३४ रन दिए । यस्तै इरासमस र ब्रासेलले १-१ विकेट लिए ।
सिरिजको अर्को खेलमा शुक्रवार नामिबियाले नेदरल्याण्ड्सको सामना गर्नेछ भने आइतवार सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्स र नेपाल भिड्ने छन् । त्यसपछि यी ३ टोलीले टि-२० त्रिकोणात्मक सिरिज समेत खेल्ने छन् ।
सम्पूर्ण खेलको प्रतक्क्ष प्रसारण एक्सन स्पोर्ट्सले गरिरहेको छ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]