default_image

1 year ago

February 21, 2024

यूएईको प्रशिक्षकमा राजपुत नियुक्त

1415 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यूएईले सिनियर क्रिकेट टोलीको प्रशिक्षकमा भारतका लालचन्द राजपुतलाई नियुक्त गरेको छ ।

गत वर्ष रोबिन सिंहलाई बर्खास्त गरेपछि यूएईले नयाँ प्रशिक्षक नियुक्त गरेको थिएन । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यूएईले राजपुतलाई प्रशिक्षकमा नियुक्त गरेको हो । उनले ३ वर्षको सम्झौता गरेका छन् ।

राजपुतले यसै साताबाट जिम्मेवारी सम्हाल्नेछन् । अर्को साताबाट यूएई, स्कटल्यान्ड र क्यानडाबीच लिग-२ को त्रिकोणात्मक सिरिज सुरु हुँदैछ । त्यसपछि यूएई र स्कटल्यान्डले ३ खेलको टि२०आई सिरिज खेल्नेछ ।

राजपुतले भारतका लागि १९८५ मा ६ खेल खेलेका थिए । त्यसपछि उनले भारतको घरेलु क्रिकेटमा प्रशिक्षकको रुपमा काम गरे । सन् २००७ मा भारतले टि२० विश्वकप जित्दा उनी मुख्य प्रशिक्षक थिए । उनले विगतमा नेपालको प्रशिक्षक बन्न आवेदन पनि दिएका थिए । तर त्यसबेला क्यानले डेभ व्हाटमोर र दोस्रो पटक मोन्टि देशाईलाई नियुक्त गरेको थियो ।

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.