1 year ago
February 20, 2024
राकेश तिमल्सिना, रामपुर
वाल्मिकी शिक्षा सदन एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको समूह ’ए’ मा लगातार दोस्र्रो जित निकालेको छ । समुह ’बी’ मा विश्वप्रकाश माविले पहिलो जित हासिल गरेको छ ।
मंगलबारको खेलमा विश्वप्रकाशले प्रभात मावि शुक्रनगरलाई ४ विकेटले तथा वाल्मिकीले मावि गंगानगरलाई ८७ रनले पराजित गरेको हो । भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रभात मावि १२.३ ओभरमा अलआउट हुँदै ६२ रनमा रोकियो ।
१० ओभरमा ५२ रन जोडेर ५ विकेट गुमाएको प्रभातले १० रन जोड्दा अन्तिम ५ विकेट गुमाउँदै अलआउट भयो । निशान भुषालले सर्वाधिक १७ रन बनाए । मनिष भट्टराईले १३ रन जोडे । प्रभातको इनिङ्स ध्वस्त बनाउनेक्रममा मुन्ना पटेलले ५ र रेशम काफ्लेले ३ विकेट लिए ।
६३ रनको झिनो लक्ष्यसहित जवाफी ब्याटिङ थालेको विश्वप्रकाशले १२.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । विश्वप्रकाशलाई जिताउन मुन्ना पटेल १० रनमा नटआउट रहे । बलिङमा अभिषेक लामिछाने र अभिनाश सापकोटाले समान २ विकेट लिए । ३.३ ओभर बलिङ गर्दै १२ रन खर्चिएर ५ लिएका मुन्ना पटेल खेलको प्लेयर अफ द म्याच बने ।
यस्तै अर्को खेलमा १ सय ४५ रनको लक्ष्य पछ्याएको मावि गंगानगर १६.४ ओभरमा ७७ रन जोड्दा अलआउट भयो । सर्वाधिक १४ रन बनाएका ओपनर जयप्रकाश यादव एभेन्जल थापाको बलमा आदर्श दुलालद्वारा मिड अफमा समातिए ।
अर्का ओपनर राज विश्वकर्मा पनि १३ रन बनाउदा एभेन्जलकै बलमा बोल्ड हुँदै पेभेलियन फर्किए । गंगानगरलाई सस्तैमा समेट्नेक्रममा एभेन्जल थापाले ४ तथा माधव सापकोटा र संयम लामिछानेले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वाल्मिकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ६४ रनको योगफल बनायो । वाल्मिकीको इनिङ्स मध्यक्रममा युमन कडेल र अर्पित शाहीले सम्हालेका थिए ।
४३ बलमा ६ चौकासहित सर्वाधिक ४८ रन जोडेका युमन अभय अधिकारीको बलमा उर्वर तामाङद्वारा लङ्ग अफमा समातिए । ४१ बल खेल्दै अर्पित शाहीले ३६ रन जोडे । बलिङमा अभय अधिकारीले ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच युमन कडेल भए । यसैबीच आज मावि गंगानगरका ६ जना खेलाडी कारवाहीमा परेका छन् ।
विद्यालय बाहिरका प्रज्जवल कोइराला, सफल दवाडी र कुशल सुवेदी मैदानमा खेल्न उत्रिएपछी उनीहरु कारवाहीमा परेका हुन् । उनीहरुलाई टिममा आफ्नो नाम दुरुपयोग गरेर स्थान दिने सचिन महतो, अरुन रानामगर र सुजन रानाभाटलाई पनि टेक्निकल कमिटीले कारवाही गरेको हो । मावि गंगानगरले यी खेलाडीहरुको सट्टामा अब कुनै रिप्लेसमेन्ट समेत लिन नपाउने टेक्निकल कमिटीले निर्णय गरेको छ ।
भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा प्रतियोगितामा बुधबार पहिलो खेलमा इडन गार्डेन इङलिस स्कुल र सनराइज इङलिस स्कुल तथा अर्को खेलमा नारायणी नमुना मावि र लक्ष्मी मावि जगतपुर प्रतिस्पर्धा गर्नेछ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]