1 year ago
February 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ का कार्यवाहक कप्तान सन्दीप जोराले क्यानडा-११ विरुद्ध एकदिवसीय सिरिजको दोस्रो खेलमा अर्धशतक प्रहार गरेका छन् ।
क्यानडाले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा सन्दीपले अर्धशतक प्रहार गर्दै नेपालको इनिङ सम्हालेका छन् । सुरुवातमा लगातार दुई विकेट गुमाएपछि ओपनर अर्जुन कुमालसँग तेस्रो विकेटका लागि बलियो साझेदारी निर्माण गरेका छन् ।
नेपाल २३ ओभरको समाप्तिमा १ सय १ रन जोड्दै २ विकेट गुमाएको अवस्थामा छ । सन्दीपले ६६ बलमा अर्धशतक पूरा गरेका थिए । उनी ६८ बलमा ७ चौकासहित ५५ रन बनाएर खेलिरहेका छन् । अर्जुन ५९ बल खेल्दै ३६ रनमा छन् । यी दुईले ८८ रनको साझेदारी गरिसकेका छन् ।
नेपालले इनिङको पहिलो बलमा मयन यादवलाई गुमाएको थियो । नेपालमा पहिलो खेल खेलिरहेका अमर खालिदले उनलाई एलबीडब्लू धरापमा पारेका थिए । तेस्रो ओभरमा शेर मल्ल पनि आउट भए । उनी ११ बलमा १ चौकासहित ७ रन जोड्दै खालिदकै बलमा कट बिहाइन्ड भए । त्यसबेला नेपाल १३-२ को स्थितिमा थियो ।
त्यसअघि क्यानडाले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ४० रन जोडेको थियो । श्रेयस मोभाले अर्धशतक बनाउँदै क्यानडालाई बलियो स्कोरसम्म पुर्याएका थिए ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]