1 year ago
February 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सिनियर राष्ट्रिय क्रिकेट टोलीले टि२० विश्वकपको तयारीस्वरूप भारतको स्टेट टोलीसँग प्रतियोगिता खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार नेपालको राष्ट्रिय टोलीसँगै बरोडा र गुजरात क्रिकेट संघको टोलीले त्रिकोणात्मक टि२० प्रतियोगिता खेल्नेछन् । उक्त प्रतियोगिता मार्च ३१ देखि अप्रिल ७ सम्म चल्नेछ ।
क्यानका क्रिकेट म्यानेजर विनोद दासका अनुसार नेपालको सिनियर राष्ट्रिय क्रिकेट टोलीले नै उक्त प्रतियोगिता खेल्नेछ । टि२० विश्वकपको लागि तयारी गर्ने लक्ष्यसहित प्रतियोगितामा नेपालले सहभागिता जनाएको हो । भारतमा हुने प्रतियोगिता ओमानमा अप्रिल १० देखि सुरु हुने एसीसी प्रिमियर कपको तयारीको रुपमा पनि रहनेछ ।
नेपालको सिनियर टोलीले फेब्रुअरी २७ देखि मार्च ५ सम्म टियु मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग सिरिज खेल्दैछ । त्यसपछि टोली हङकङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यहाँ ओमान, पिएनजी र स्थानीय टोलीसँग क्वाड्रान्गुलर सिरिज खेलेपछि नेपाल भारत प्रस्थान गर्नेछ ।
टि२० विश्वकप जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]