1 year ago
February 19, 2024
हिमाल खरेल,बिर्तामोड
बिर्तामोड नगरपालिका र कचनकवल गाउँपालिका प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगितामा सोमबार तेस्रो क्वार्टर फाइनलमा बिर्तामोडले भद्रपुर नगरपालिकालाई ५ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ राजेको बिर्तामोडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५४ रनको योगफल बनाएको थियो ।
१ सय ५५ रनको लक्ष्य पछ्याएको भद्रपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन मात्र बनाउन सक्यो ।
बिर्तामोडका लागि ४ ओभर बलिङ गर्दै १६ रन दिएर ५ विकेट लिएका सुमित न्यौपाने खेलको प्लेयर अफ दि म्याच घोषित भए ।
त्यस्तै, अन्तिम क्वार्टर फाइनल खेलमा कचनकवल गाउँपालिकाले कमल गाउँपालिकालाई ३ विकेटले जित्यो ।
पहिले ब्याटिङ रोजेको कमलले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ६६ रन बनाएको थियो ।
१ सय ६७ रनको लक्ष्य पछ्याएको कचनकवलले ७ विकेट गुमाउँदै १८.१ ओभरमा लक्ष्य प्राप्त गर्यो । कचनकवलका लागि ४० बलमा ६९ रन बनाएका रोशन चौहान खेलको प्लेयर अफ दि म्याच घोषित भए ।
फागुन ९ गतेको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिका प्रतिस्पर्धा गर्ने छन् ।
फागुन १० गते दोस्रो सेमिफाइनल खेल बिर्तामोड नगरपालिका र गौरादह नगरपालिकाबीच हुनेछ ।
झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेता टोलीले १ लाख र ५० हजार रुपैया प्राप्त गर्नेछ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]