1 year ago
February 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले मनमोहन स्मृति यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो । सिनियर टोलीले दुई महिनाअघि केपी ओली कप जितेको मैदानमा जुनियर टोली पनि च्याम्पियन बनेको हो ।
सोमबार सम्पन्न फाइनलमा सुदूरपश्चिमले २०.२ ओभरमा अलआउट हुनुअघि ८६ रन जोडेको थियो । मधेशका धिरेन्द्र पासवानले ४ तथा रोहन यादवले ३ विकेट लिँदै सुदूरका ब्याटरलाई खुल्न दिएनन् । विशाल विष्टले सर्वाधिक २४ रन जोडेका थिए ।
जवाफमा मधेशले २०.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । परिमार्जन यादवले नटआउट ३० रन जोड्दै मधेशलाई च्याम्पियन बनाएका थिए । सुदूरका लागि डम्बर माझीले २ विकेट लिए ।
उपाधि विजेता मधेशका अलराउन्डर चन्दन राम सर्वोत्कृष्ट खेलाडी चुनिए । १० विकेट लिएका उनले ८३ रन जोडेका थिए । प्रतियोगिताको उत्कृष्ट बलरमा सुदूरका डम्बर चुनिए । उनले ५ खेलमा १४ विकेट लिएका थिए । त्यस्तै मधेशका राहुल अन्सारीले उत्कृष्ट ब्याटर अवार्ड पाए । उनले ५ खेलमा १ सय ५२ रन जोडेका थिए ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]