1 year ago
February 18, 2024
राकेश तिमल्सिना, चितवन
एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेटमा आइतबार इडन गार्डेन स्कुल र नारायणी नमुना मावीले जित निकालेका छन् । समूह बीको इडन गार्डेनले प्रभात माविलाई ६ विकेटले तथा नारायणीले मावि गंगानगरलाई २३ रनले हराएको छ ।
भरतपुर १५ स्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको प्रभात १७ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटियो । २४ बल खेल्दै ३ छक्का र १ चौकासहित २६ रन बनाएका सन्देश श्रेष्ठ सचिन घतानीको बलमा बोल्ड हुँदै पेभेलियन फर्किए ।
त्यसबाहेक अन्य ब्याटरले दोहोरो आँकाडामा रन छुन सकेनन् । प्रभातको इनिङ्स ध्वस्त बनाउनेक्रममा सचिन घतानीले ४ तथा सौगात सापकोटा र सलिन सापकोटाले समान २ विकेट लिए ।
९५ रनको सामान्य लक्ष्य पछ्याएको इडन गार्डेनले १३ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो । इडन गार्डेनलाई जिताउन अभि सिंहले नटआउट १६ रन बनाए । त्यसअघि प्रेम तामाङले ३२ र सौगात सापकोटाले २२ रन जोडे ।
बलिङमा नर्मल बिकले २ तथा मनिष भट्टराई र अभिषेक लामिछानेले समान १ विकेट लिए । ४ ओभरमा १९ रन खर्चदै ४ विकेट लिएका सचिन घतानी खेलको प्लेयर अफ द म्याच बने । समूह बीको पहिलो खेलबाट जित निकाल्दै २ अंक जोडेको इडन गार्डेन नेट रनरेटका आधारमा समान अंक भएको अर्किडभन्दा एक स्थान तल दोस्रो स्थानमा छ ।
यस्तै अर्को खेलमा १ सय ४६ रनको लक्ष्यसहित ब्याटिङ थालेको मावि गंगानगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रनमात्र बनाउन सक्यो । २८ बलमा १ छक्का र ५ चौका प्रहार गर्दै ओपनर राज विश्वकर्माले सर्वाधिक ३१ रन बनाए ।
अर्का ओपनर सुजन रानाभाटले १८ रन जोडे । तल्लोक्रममा कप्तान विश्वास तामाङले १७ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । बलिङमा उमेश महतोले ३ तथा सन्जय यादव र चन्दन कुमार यादवले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नारायणीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । सन्जय यादवले सर्वाधिक २६ रन बनाए । ओपनर आयुष गिरीले २५ रन जोडे ।
बलिङमा विश्वास तामाङ र राज विश्वकर्माले समान ३ विकेट लिए । अलराउण्ड प्रदर्शन गर्दै २६ रन बनाएर बलिङमा २ विकेट लिएका सन्जय यादव खेलको प्लेयर अफ द म्याच भए ।
लिगमा लगातार दोस्रो जित निकालेको नारायणी २ खेलबाट ४ अंक जोड्दै समूह एको शिर्षस्थानमा उक्लिएको छ । प्रतियोगितामा सोमबार पहिलो खेलमा अर्किड स्कुल र सनराइज इङलिस स्कुल तथा अर्को खेलमा अंकुरम एकेडेमी र लक्ष्मी मावि प्रतिस्पर्धा हुनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]