1 year ago
February 18, 2024
एजेन्सी – भारतले तेस्रो टेस्टमा इङ्ल्यान्डलाई पराजित गरेको छ । भारत ४ सय ३४ रनले विजयी भएको हो । टेस्ट क्रिकेटमा सन् १९३४ यता इङ्ल्यान्डको यो ठूलो हार हो । भारतको भने अहिले सम्मकै ठूलो अन्तरको जित हो ।
कप्तान बेन स्टोक्स र प्रशिक्षक ब्रेनडन म्याकुलमले इङ्ल्यान्ड टोली सम्हालेयताकै यो खराब नतिजा हो । भारतका ओपन यजस्वी जैसवालले नकआउट दोहोरो शतक बनाएपछि इङ्ल्यान्डले ठूलो लक्ष्य पाएको थियो ।
भारतले ४ विकेटको क्षेतिमा ४ सय ३० बनाउँदै दोस्रो इनिङ्स समाप्तीको घोषणा गरेको थियो । भारतले पहिलो इनिङ्समा ४ सय ४५ रन र इङ्ल्यान्डले ३ सय १९ रन बनाएको थियो । ५ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ल्यान्ड दोस्रो इनिङ्समा १ सय २२ रनमा अलआउट भएको थियो ।
इङ्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा रविन्द्र जडेजाले ५ विकेट लिएका थिए । कुलदीप यादवले २ तथा जसप्रित बुम्रा र रविचन्द्रन आश्विनले समान १ विकेट लिएका थिए । प्लेयर अफ दी म्याच बनेकार जडेजाले पहिलो इनिङमा शतकीय पारी खेलेका थिए ।
मार्क उडले ३३, टोम हार्टली र बेन फोक्सले समान १६ र स्टोक्सले १५ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यसअघि भारतका लागि जैसवालले २ सय ३६ बल खेल्दै १४ चौका र १२ छक्काका साथ २ सय १४ रनमा नटआउट रहे ।
शुभमन गिलले ९१, सरफराज खान नटआउट ६८, कुलदिप यादवले २७ र कप्तान रोहित शर्माले १९ रन बनाएका थिए । पाँच टेस्टको श्रृखंलामा २–१ ले अग्रता बनाएको छ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]