1 year ago
February 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ विरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडा-११ ले जवाफी ब्याटिङ गर्ने क्रममा खराब सुरुवात गरेको छ ।
नेपाल ‘ए’ ले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडा १४ ओभरमा ५६-४ को स्थितिमा छ । क्रिजमा नवनित धलिवल ३२ बलमा ३३ रन जोडेर खेलिरहेका छन् । निखिल दत्तले १५ बलमा २ रन जोडेका छन् ।
तेस्रो ओभरमा सृमन्थ विजयरत्ने प्रतिश जिसीको बलमा मिड अनमा क्याच आउट भए । ११ बलमा ५ रन जोड्दै उनी मयन यादवबाट क्याच भएका थिए ।
चौथो ओभरमा आरोन जोन्सन राशीद खानको बलमा क्याच आउट भए । उनले ५ बलमा २ रन जोडे । त्यसपछि दिलप्रित बज्वा र नवानित धलिवलले ३७ रनको साझेदारी गरेका थिए ।
दशौं ओभरमा साहब आलमले लगातार दुई विकेट लिँदै क्यानडालाई दबाबमा राखे । आफ्नो पहिलो ओभरको चौथो बलमा दिलिप्रितलाई एलबीडब्लु धरापमा पारेका उनले अर्को बलमा हर्ष ठाकरलाई बोल्ड गरे । दिलप्रितले ८ रन जोडे ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन जोड्यो । नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रन जोडे । तेस्रो नम्बरमा आएका राशिद खानले ४० रनको योगदान दिए ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]