default_image

1 year ago

February 16, 2024

१० दिन भित्र गौतम बुद्ध क्रिकेट रंगशालाको टेण्डर आव्हान हुने!

808 views

0 Bookmark

राकेश तिमल्सिना, चितवन

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले हप्ता १० दिनभित्रमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आव्हान हुने बताएकी छिन् ।

भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आजबाट सुरु भएको एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेटको लिग चरणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

पहिलो चरणमा अन्तिर्राष्ट्रियस्तरको क्रिकेट मैदान र १५ हजार दर्शक क्षमताको प्याराफिट बन्ने गरी टेण्डर आव्हान हुने उनले बताएइनन् । उनले भनिन् ‘देशमा रहेको चरम आर्थिक संकटलाई मध्यनजरलाई हामीले यस रंगशाला निर्माणको कार्य दुई चरण सकाउने निर्णय गरेको छौं । पहिलो चरणमा अन्तिर्राष्ट्रियस्तरको क्रिकेट मैदान र १५ दर्शक क्षमताको प्याराफिट बन्ने र त्यसपछि अन्य पूर्वाधार बन्ने गरी अबको हप्ता १० दिनभित्रमा टेण्डर आव्हान हुने सुःखद् खबर सुनाउनु चाहान्छु ।’

मेयर्स कप अन्तरविद्यालय क्रिकेटको माध्यमबाट स्थानियस्तरमा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको उनले बताएइन् ।

यस्तै निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई प्रदेश सरकारसँगै संघिय सरकारको पनि सहयोग रहने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बताएका छन् ।

रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले केही दिनअघिमात्रै करिब ५२ करोडको श्रोत सुनिश्चित गरेको थियो । सोही प्रसंगमा उनले भने , ‘भरतपुर महानगरपालिकाको नेतृत्वमा अघि बढ्ने यस रंगशालाको निर्माण प्रक्रिया र खरिद प्रक्रियामा प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेकोमा प्रदेश सरकारलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्ने गरी निर्णय गरेको संघिय सरकारले समेत रंगशाला निर्माणका लागि नेतृत्वदायी बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

आगामी आर्थिक वर्षका लागि बजेटका सन्दर्भमा प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतसँग भएका छलफलमा समेत यस रंगशाला निर्माणलाई प्रथामिकतामा राखेर छलफल भएको उनले बताए । स्कुलदेखि वल्र्डकपसम्मको महत्वाकांक्षी लक्ष्य बोकेर भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट सफल हुनुपर्ने घिसिङको तर्क छ ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कपको उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.